कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ

राजविराज राजविराज
|
सोमबार, श्रावण १९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा डाका गर्ने, खुकुरी र गोली हानेर हत्या गर्ने अनि लुटिएका गरगहना खरीद गर्ने र गलाएर नयाँ स्वरुप दिने ज्वेलरी पसलका संचालक समेत छन् ।
  •       सोमबार मधेश प्रदेशका प्रहरी नायब महानिरिक्षक उमाप्रसाद चतुर्वेदीको विशेष उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुको बारे तथा घटना विवरण सार्वजनिक गरेको हो ।
  •       प्रहरी उपरिक्षक गौतम कुमार केसीका अनुसार डाका र हत्या घटनामा सोही वडाका २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदेबरसाइन नगरपालिका २ का २४ वर्षिय दिपेन मरिक, खडक नगरपालिका ११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ का २४ वर्षिय दिपक मरिक र उदयपुरको बेलका नगरपालिका १ चन्दन मरिक पक्राउ परेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ साउन । 

    सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमा टोलमा गत जेठ २३ गते भएको डकैती र घरधनी ६५ वर्षिय कन्तलाल चौधरीको हत्यामा संलग्न रहेको आरोपिसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा डाका गर्ने, खुकुरी र गोली हानेर हत्या गर्ने अनि लुटिएका गरगहना खरीद गर्ने र गलाएर नयाँ स्वरुप दिने ज्वेलरी पसलका संचालक समेत छन् । 
    सोमबार मधेश प्रदेशका प्रहरी नायब महानिरिक्षक उमाप्रसाद चतुर्वेदीको विशेष उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुको बारे तथा घटना विवरण सार्वजनिक गरेको हो । 
    प्रहरी उपरिक्षक गौतम कुमार केसीका अनुसार डाका र हत्या घटनामा सोही वडाका २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदेबरसाइन नगरपालिका २ का २४ वर्षिय दिपेन मरिक, खडक नगरपालिका ११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ का २४ वर्षिय दिपक मरिक र उदयपुरको बेलका नगरपालिका १ चन्दन मरिक पक्राउ परेका छन् । 
    उक्त अभियोगमा पक्राउ परेकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ७ का ३३ वर्षिय राजु विश्वकर्मा, सिरहाको लहान नगरपालिका ६ को ५२ वर्षिय महेन्द्र गोडसे र लहान नगरपालिका ८ का ३८ वर्षिय उमेश साह सोनार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट बरामद भएको नगद, सरसामान र हत्यामा प्रयोग गरिएको हतियारसमेत सार्वजनिक गरेको छ । 
    पक्राउ परेकाहरुको साथबाट चौधरीको हत्याका क्रममा प्रयोग गरिएको एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान खुकुरी, एक थान कटर, चाँदीका एक÷एक थान बलिया र माठा, सिक्री दुई थान, सुनको तिलहरी एक थान, मोवाइल दुई थान, गरगहना गलाउने मेशिन तथा नगद ७५ हजार रुँपैया पनि बरामद भएको प्रहरीले जनाएको छ । 
    पत्रकार सम्मेलनमा उनले पक्राउ परेकाहरुले कसुर स्वीकारेको समेत जानकारी दिए । डाकाहरुको समूहले मध्यराती डकैतीको क्रममा प्रतिकारको प्रयास गर्दा चौधरीमाथी खुकुरी, घरेलु, अन्य हतियार तथा अन्त्यमा गोली हानेर हत्या गरेका थिए । 
    पक्राउ परेकाहरुले चौधरीले आफूहरुलाई पहिचान गरिसकेपछी पोल खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीको भनाई छ । प्रहरीले आरोपी मध्येका एक जना दिपेन मरिकलाई पक्रन खोज्दा भाग्ने प्रयास गर्दा एक राउण्ड हवाई फायर गरि अघिल्लो दिन राती तथा अन्यलाई घर र पसलबाट पक्राउ गरिएको जानकारी दिएको छ । 
    घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरिक्षक बस्नेतको संयोजकत्वमा गठित टोलीका साथै मधेश प्रदेश प्रहरी कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत प्रहरीको उच्चस्तरिय टोली परिचालन भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
गणतन्त्र दिवसमा ¥याली र सभा
गणतन्त्र दिवसमा ¥याली र सभा
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो