दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लाई बुधबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य एवं पूर्व कृषिमन्त्री गोबिन्द न्यौपानेले बालविवाह मुक्त वडा लेखीएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।
बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दै यसलाई रोक्न सबैले आ–आफ्नो टोल र समुदायमा सक्रिय रहनु पर्नेमा उनले जोड दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्ुब देवले बालविवाह मुक्त वडाको रुपमा पहिचान बनाउन सफल भएकोमा वडावासीलाई बधाई दिँदै यसलाई कायम राख्न सबै पक्षको सहयोग र सक्रियता उत्तिकै अपरिहार्य रहेको बताए ।
सेभ द सप्तरीका परियोजना संयोजक विष्णुकान्त देवका अनुसार उक्त वडामा बसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधि, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले वडामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् । नेपालको कानुनले विवाह गर्ने उपयुक्त उमेर २० वर्षलाई तोकेको छ ।
बालविवाह मुक्त वडा घोषणा गर्न सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, गाउँपालिका र वडा कार्यालयद्वारा बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०८० बमोजिम गरिएका विभिन्न कार्यक्रम, अभियान र प्रयास पश्चात् १२ बुँदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैकै आधारमा यस्तो घोषणा गरिएको वडाअध्यक्ष सुर्यनारायण यादवले बताए ।
सोही कार्यक्रममा अभिभावकले सन्तानको उमेर नपुगि बालविवाह नगर्ने, नगराउने, कतै भए भोजभतेरमा सामेल नहुने, अवरोध पु¥याउने प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यक्रममा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, सल्लाहकार तेजनारायण यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेशकुमार मण्डल लगायत विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।
छिन्नमस्ता वडा नं. ४ बालविवाह मुक्त वडा घोषणा
सारांश
- कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य एवं पूर्व कृषिमन्त्री गोबिन्द न्यौपानेले बालविवाह मुक्त वडा लेखीएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।
- बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दै यसलाई रोक्न सबैले आ–आफ्नो टोल र समुदायमा सक्रिय रहनु पर्नेमा उनले जोड दिए ।
- सेभ द सप्तरीका अध्यक्ष ध्ुब देवले बालविवाह मुक्त वडाको रुपमा पहिचान बनाउन सफल भएकोमा वडावासीलाई बधाई दिँदै यसलाई कायम राख्न सबै पक्षको सहयोग र सक्रियता उत्तिकै अपरिहार्य रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया