दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरी प्रहरीले छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खडक नगरपालिका वडा नं. १० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका वडा नं. २० हाल खडक नगरपालिका ७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चैत ७ गते राति खडक नगरपालिका ७ कल्याणपुरस्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएका धिरेन्द्र साहसँग मोबाइल फेला परेको थियो । सो मोबाइल विद्यालय सञ्चालक चौधरी तथा उनका सहयोगीले माग्दा ‘साथीको हो’ भन्दै दिन नमानेपछि साहलाई कुटपिट गरिएको थियो ।
कुटपिट पश्चात् पीडितलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा घटना लगत्तै फरार रहेका चौधरी र मण्डललाई प्रहरीले चैत बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई आत्महत्या दुरुत्साहन मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा खडक नगरपालिका वडा नं.
- १० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका वडा नं.
- २० हाल खडक नगरपालिका ७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया