दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन दिनेको संख्या दिनँहु बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पहिलो दिन भदौ ३० गते सप्तरीमा १ हजार ६ सय ३ जनाले आवेदन दिएका थिए भने दोश्रो दिन भदौ ३१ गते सो संख्या बढेर २ हजार ३६ पुगेको छ ।
दुबै दिनको मिलाएर ३ हजार ६ सय ३९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार भर्ना खुलेको पहिलो दिनमा सप्तरीबाटै १ हजार ६ सय ३ जनाले सबैभन्दा बढी आवेदन दिएका छन् । प्रदेश भरि पहिलो दिन ६ हजार १ सय १६ पुरुष र २ हजार २ सय ९७ महिला गरी ८ हजार ४ सय १३ जनाको आवेदन परेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पहिलो दिन सर्लाहीबाट १ हजार ४ सय २२, सिरहाबाट १ हजार ९४, धनुषाबाट १ हजार ८४, रौतहटबाट १ हजार ६, महोत्तरीबाट ७ सय ८५, बाराबाट ७ सय २७ र पर्साबाट ६ सय ९२ आवेदन परेको छ ।
सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि भदौ ३० देखी असोज ६ गतेसम्म आवेदन दिन समय तोकेको छ ।
गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब÷भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पहिलो दिन भदौ ३० गते सप्तरीमा १ हजार ६ सय ३ जनाले आवेदन दिएका थिए भने दोश्रो दिन भदौ ३१ गते सो संख्या बढेर २ हजार ३६ पुगेको छ ।
- दुबै दिनको मिलाएर ३ हजार ६ सय ३९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
- यता मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार भर्ना खुलेको पहिलो दिनमा सप्तरीबाटै १ हजार ६ सय ३ जनाले सबैभन्दा बढी आवेदन दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया