१७ मध्ये एकमात्र महिला उम्मेदवार

राजविराज राजविराज
|
सोमबार, मंसिर ३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
१७ मध्ये एकमात्र महिला उम्मेदवार

सारांश

  •     उक्त पालिकाको १ र ४ गरी दूई वडामा वडाअध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ ।
  • निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद राय चुनाव जितेका थिए ।
  • चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर । 

    उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएसंगै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा चुनावी गतिविधी बढेको छ । 
    उक्त पालिकाको १ र ४ गरी दूई वडामा वडाअध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ । निर्वाचन हुने ती दुबै पदमा यसअघि काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरिप्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ । 
    यसअघि ती दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँग्रेसमाथी चर्काे दबाव छ । काँग्रेसले वडा नं. १ बाट भुलियादेवी थरुनी र ४ बाट जोगेन्द्र रायलाई उम्मेदवार बनाएको छ । भुलिया देवी निधन भएका श्रीमान र यस अघिका वडाअध्यक्ष प्रितमलाल चौधरीका श्रीमती हुन । 
    उनी एकमात्र महिला उम्मेदवार हुन । जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार आईतवार तोकिएको समय भित्र भएको मनोनयन दर्ता गर्ने १७ मध्ये नेपाली काँग्रेसकी भुलिया देवी चौधरी उम्मेदवारी दर्ता गराउने एक मात्र महिला हुन । 
    जनमत पार्टीले यहाँबाट वडा नं. १ मा शैलेन्द्र कुमार साह र ४ नंं. वडामा उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले वडा नंं १ बाट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा (माओवादी केन्द) ले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । 
    राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट शतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ती पार्टीले वडा नं.१ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई उम्मेदवार बनाएको छ । यहाँ जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वमा बनेको जसपाले पनि उम्मेदवार खडा गरे पछी चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । 
    यहाँ जसपाले वडा नं.बाट कसैलाई उम्मेदवार नबनाएपनि ४ बाट भने रवीन्द्र यादवलाई चुनावी मैदानमा उतारेको छ । जस कारण जसपा नेपालको उम्मेदवारलाई चिन्ता बढाएको छ । यहाँ २ स्वतन्त्र सुशिला साह र सियाकान्त चौधरीले पनि उम्मेदवारी दिएका छन । 
    यसरी दुई पदका लागी हुने निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । आफ्ना् प्रतिनिधी छान्ने पाँच वर्षमा दोश्रो पटक अवसर पाउँदा मतदाता पनि उत्साहित छन । अहिले उनीहरु कसलाई मत दिने भन्ने सोच बनाइरहेको बताउने गरेका छन । 
    उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा नं. ४ मा १ हजार दुई सय ८१ मतदाता छन् । मतदानका लागि तीन मतदानस्थल र पाँच मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराजमा राजावादीको प्रर्दशन
राजविराजमा राजावादीको प्रर्दशन
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित