दैनिक समाचारदाता
काठमाडौँ, १७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गएको १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।
सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ । सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।
यसैबीच प्रदेश नं. २ को सदस्यहरुमा सप्तरीबाट गोबिन्द न्यौपाने, शैलेन्द्रचन्द्र झा, दिवाकर देवकोटा, जगदीश साह, हिरण्य गुप्ता, सुखराम यादव, दिनेश्वर प्रसाद यादव, महेश प्रसाद यादव, मानपुर चौधरी, रुवी कर्ण, छेदी रजक, देवनाथ यादव, असर्फि सदा, अरुण साह (अनिल), भागवत यादव, लालेन्द्र मण्डल, भरत महतो, मनाई महतो, अशरा चौधरी, मो. कलिम, मो. इस्लाम, गंगा चौधरी, इन्द्र नारायण चौधरी र कृष्ण कुमार गुप्ता रहेका छन् ।
प्रदेश २ मा साविकका नेकपा एमालेबाट १ सय ६ र साविकको माओवादी केन्द्रबाट १ सय ६ तथा पार्टी एकता पश्चात् ३ जना गरि २ सय १५ जनालाई समावेश गरिएको छ ।
यता महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको बुझिएको छ । नाम हटाउने र थप्ने काम गर्नुपर्ने भएकाले नेकपाले ढिलागरि विवरण सार्वजनिक गरेको हो ।
योसँगै अब नेकपाको प्रदेश एकीकरण टुंगिएको छ । नेकपाले गएको असोज ५ गते प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको थियो ।
अब पोलिटब्यूरो गठन, विभिन्न विभाग, जनवर्गीय संगठन तथा शुभेच्छुक संगठनहरुको एकता हुन बाँकी छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तीन महिनाभित्र सबै एकता सक्ने भनिएपनि त्यसले अझै पूर्णता पाएको छैन ।
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
सारांश
- सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ ।
- सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।
- यसैबीच प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया