दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीका अनुसार प्रतिनिधीसभा तर्फ क्षेत्र नं.१ मा २०, क्षेत्र नं. २ मा १६, क्षेत्र नं. ३ मा १८ र क्षेत्र नं. ४ मा १६ गरी ७० जनाले उम्मेदवारी दिएका छन् । जसमा ६५ जना पुरुष र ५ जना महिला छन् । त्यस्तै प्रदेशसभातर्फ ९६ पुरुष र १५ जना महिला गरी १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रतिनिधीसभातर्फ १ महिला र २६ पुरुष तथा प्रदेशसभातर्फ ३५ पुरुष र ६ महिला गरी ६८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
यसरी मुख्य दलहरुबाट महिला उम्मेदवारको संख्या शुन्य भएपनि स–साना दलबाट प्रतिनिधी र प्रदेशसभामा गरी १३ जना महिलालाई उम्मेदवार बनाइएको छ । जसअनुसार प्रतिनिधीसभातर्फ नागरिक उन्मुक्ती पार्टी, नेपाल जनता दल, नेपाल संघिय समाजवादी पार्टी र पिछडा वर्ग निषाद दलित जनजाती पार्टीले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ ।
यस्तै प्रदेशसभा तर्फ नेमकिपाले ४, नेपाल कम्युनिष्ट पार्टीले २ तथा नेपाली काँग्रेस (विपी), राप्रपा र राप्रपा नेपालले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ ।
निर्वाचनका लागी जिल्लामा ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन भने ५ सय ३६ मतदान केन्द्र तोकिएको छ ।
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सारांश
- जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीका अनुसार प्रतिनिधीसभा तर्फ क्षेत्र नं.
- १ मा २०, क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया