पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल

राजविराज राजविराज
|
शनिबार, चैत्र ३०, २०८१
|
|
६९ पटक हेरिएको
Shares
पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल

सारांश

  •     देशमा संघीयता आएपनि जसरी अधिकारहरु दिनुप¥थ्यो त्यो दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए ।
  • संघीयतालाई बलियो बनाए विकासले गति लिने उनको भनाई थियो ।
  •       पूर्वाधारको विकास नहूँदासम्म शहर अघि बढन नसक्ने भन्दै उनले पूर्वाधार, खानेपानी, ढल निकास व्यवस्थित बनाउन सुझाव दिए ।

    राजविराज÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संघीयता व्यवस्थित ढंगले कार्यान्वयन गर्न र बलियो बनाउनको लागि विकासको राजनीति गर्न आवश्यक रहेको बताएका छन् ।  
    विकासको लागि राजनीति सुशासनको लागि उद्यमशीलता भन्ने नारासहित नेपाली कांग्रेस नगरकार्य समिति राजविराज नगरपालिकाको आयोजनामा अबको राजविराज योजनाबद्ध र दिगो विकास विषयमा शनिवार सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
    उनले समग्र देशको विकासका लागि पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्नेमा जोड् समेत दिए । संघीयता ल्याउने क्रममा समुदायलाई विभाजित गर्नेगरी रेखांकन नहोस् भन्ने छलफल भएको थियो’ उनले भने, ‘माथिको उदयपुर र मकवानपुरलाई जोड्न भनेको थिएँ । तर धेरैले यो मानेनन् ।’ 
    देशमा संघीयता आएपनि जसरी अधिकारहरु दिनुप¥थ्यो त्यो दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए । संघीयतालाई बलियो बनाए विकासले गति लिने उनको भनाई थियो । 
    पूर्वाधारको विकास नहूँदासम्म शहर अघि बढन नसक्ने भन्दै उनले पूर्वाधार, खानेपानी, ढल निकास व्यवस्थित बनाउन सुझाव दिए । उनले अस्पताल, स्वास्थ्य चौकी एवं विद्यालयलाई राम्रो बनाउन समेत सुझाव दिए । 
    संविधानसभा सदस्य रंजित कर्णले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले राजविराज साक्षरता दरमा धेरै अघि भएपनि अहिले हवात्तै पछि परेको बताए । उनले जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधी राजविराजको विकासका लागि कुनै चासो नदिएको बताए । 
    संविधानसभा सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रन्जित कर्णको संयोजनमा गरिएको उक्त विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साहले राजविराज नगरको समस्या समाधान गर्न नेपाली काँग्रेस सदैव तत्पर रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी