पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल

राजविराज राजविराज
|
शनिबार, चैत्र ३०, २०८१
|
|
४६ पटक हेरिएको
Shares
पहाडी र मधेशीबीच सौहर्दता  हुनुपर्छ ः नेता रिजाल

सारांश

  •     देशमा संघीयता आएपनि जसरी अधिकारहरु दिनुप¥थ्यो त्यो दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए ।
  • संघीयतालाई बलियो बनाए विकासले गति लिने उनको भनाई थियो ।
  •       पूर्वाधारको विकास नहूँदासम्म शहर अघि बढन नसक्ने भन्दै उनले पूर्वाधार, खानेपानी, ढल निकास व्यवस्थित बनाउन सुझाव दिए ।

    राजविराज÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संघीयता व्यवस्थित ढंगले कार्यान्वयन गर्न र बलियो बनाउनको लागि विकासको राजनीति गर्न आवश्यक रहेको बताएका छन् ।  
    विकासको लागि राजनीति सुशासनको लागि उद्यमशीलता भन्ने नारासहित नेपाली कांग्रेस नगरकार्य समिति राजविराज नगरपालिकाको आयोजनामा अबको राजविराज योजनाबद्ध र दिगो विकास विषयमा शनिवार सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
    उनले समग्र देशको विकासका लागि पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्नेमा जोड् समेत दिए । संघीयता ल्याउने क्रममा समुदायलाई विभाजित गर्नेगरी रेखांकन नहोस् भन्ने छलफल भएको थियो’ उनले भने, ‘माथिको उदयपुर र मकवानपुरलाई जोड्न भनेको थिएँ । तर धेरैले यो मानेनन् ।’ 
    देशमा संघीयता आएपनि जसरी अधिकारहरु दिनुप¥थ्यो त्यो दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए । संघीयतालाई बलियो बनाए विकासले गति लिने उनको भनाई थियो । 
    पूर्वाधारको विकास नहूँदासम्म शहर अघि बढन नसक्ने भन्दै उनले पूर्वाधार, खानेपानी, ढल निकास व्यवस्थित बनाउन सुझाव दिए । उनले अस्पताल, स्वास्थ्य चौकी एवं विद्यालयलाई राम्रो बनाउन समेत सुझाव दिए । 
    संविधानसभा सदस्य रंजित कर्णले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले राजविराज साक्षरता दरमा धेरै अघि भएपनि अहिले हवात्तै पछि परेको बताए । उनले जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधी राजविराजको विकासका लागि कुनै चासो नदिएको बताए । 
    संविधानसभा सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रन्जित कर्णको संयोजनमा गरिएको उक्त विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साहले राजविराज नगरको समस्या समाधान गर्न नेपाली काँग्रेस सदैव तत्पर रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
चैत १६ देखी विष्णु महायज्ञ हुने
चैत १६ देखी विष्णु महायज्ञ हुने
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर