दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड राजविराज शाखाले सोमबार एक बिमित परिवारलाई मृत्यु दाबी रकम भुक्तानी वापतको चेक हस्तान्तरण गरेको छ ।
राजविराज ७ निवासी स्व. बसन्त जैनले इच्छाएको व्यक्ति उनकी श्रीमती ममता जैनलाई मृत्यु दाबी रकम भुक्तानी अन्तरगत ५ लाख २२ हजार ५ सय रकमको चेक हस्तान्तरण गरिएको हो । बसन्त जैनको गत असोज ५ गते ह्दयघातबाट मृत्यु भएको थियो ।
मृतक जैनले एक वर्षअघि १५ वर्षे जिवन बिमा अन्तरगत ५ लाख रकमको बीमा गराएका थिए । पहिलो किस्ता तिरेका जैनको मृत्यु भएपछि कम्पनीले सो रकम र लाभांस गरि उक्त रकम हस्तान्तरण गरेको शाखाकी प्रबन्धक जुही ठाकुरले जानकारी दिएकी छिन् । उनले यस शाखाबाट विमितको मृत्यु पश्चात् रकम हस्तान्तरण गरिएको यो पहिलो पटक भएको जानकारी दिइन् ।
कम्पनीको कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा बिमा गराउने अभिकर्ता अजय झासहित शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
सारांश
- राजविराज ७ निवासी स्व.
- बसन्त जैनले इच्छाएको व्यक्ति उनकी श्रीमती ममता जैनलाई मृत्यु दाबी रकम भुक्तानी अन्तरगत ५ लाख २२ हजार ५ सय रकमको चेक हस्तान्तरण गरिएको हो ।
- बसन्त जैनको गत असोज ५ गते ह्दयघातबाट मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया