पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए

राजविराज राजविराज
|
बुधबार, बैशाख ३०, २०८३
|
|
८३ पटक हेरिएको
Shares
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए

सारांश

  •     ओरिसाको छैठौं जन्म दिवसको अवसर पारेर साहले बुधबार राजविराज ६ स्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
  •     विद्यालयमा अध्य्यनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका आमा रिताले जानकारी दिइन ।
  •     साह दम्पतीले यसअघि छोरीको पहिलो जन्मोत्सवमा कोरोनाकालका बेला एक विपन्न र कारोना पीडित परिवारलाई एक महिन पुग्ने गरी खाद्यान्न वितरण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।

    सप्तरीका पत्रकार ओम प्रकाश साहले आफ्नी ६ वर्षिया छोरी ओरिसाको जन्म दिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाएका छन् ।
    ओरिसाको छैठौं जन्म दिवसको अवसर पारेर साहले बुधबार राजविराज ६ स्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
    विद्यालयमा अध्य्यनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका आमा रिताले जानकारी दिइन ।
    साह दम्पतीले यसअघि छोरीको पहिलो जन्मोत्सवमा कोरोनाकालका बेला एक विपन्न र कारोना पीडित परिवारलाई एक महिन पुग्ने गरी खाद्यान्न वितरण गरेका थिए । 
    यस्तै दोश्रो जन्मोत्सवमा जनता आधारभूत चारजना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका थिए । तेश्रो पटक श्री राजोबती माध्यमिक विद्यालयका चार, चोथौ पटक जनता राष्ट्रिय दलित आधारभूत विद्यालयका ४५ तथा पाँचौ पटक जनता आधारभूत विद्यालयका १४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरी साह दम्पतीले छोरी ओरिसाको जन्मदिन मनाएका थिए । 
    सो अवसरमा नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समेत रहेका पत्रकार ओम प्रकाश साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा देवसहित नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, वडा नं. ६ का सदस्य दीपक शर्मा, विद्यालयका प्रधानाध्यापक चाँदनी यादव सहितकाले सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग