दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजविराजमा सोमबारदेखी स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृती सातौं राष्ट्रिय व्यपी जुडो प्रतियोगिता सुरु भएको छ ।
मारुती ग्यास उद्योग प्रालि दुहबी मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कास्की, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरि २५ टिमको सहभागिता रहेको छ ।
जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले योग्य खेलाडी उत्पादन तथा देशलाई माथी उठाउन यस्ता प्रतियोगिताले ठूलो मद्दत पु¥याउने बताए । उनले प्रतियोगितालाई सफल बनाउन स्व. लोकेन्द्र श्रेष्ठका परिवारले गरेको योगदान महत्वपूर्ण रहेको समेत बताए ।
जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष खडक बहादुर दाहाल, संघका जिल्ला महासचिव नवनित झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले शुभकामना दिएका थिए । प्रतियोगिताको फाइनल खेलहरु मंगलबार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
सारांश
- मारुती ग्यास उद्योग प्रालि दुहबी मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कास्की, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरि २५ टिमको सहभागिता रहेको छ ।
- जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले उद्घाटन गरेका छन् ।
- सो अवसरमा उनले योग्य खेलाडी उत्पादन तथा देशलाई माथी उठाउन यस्ता प्रतियोगिताले ठूलो मद्दत पु¥याउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया