दैनिक समाचारदाता
राजविराज, १० साउन ।
मानवअधिकार र सामाजिक जागरणको अभियानमा क्रियाशिल नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध र निरन्तर क्रियाशील सप्तरीको राजविराज नगरपालिका ७ का ७२ वर्षीय भन्सालीलाई सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।
राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक मारबाडी समुदायको अभिभावकत्व समेत गर्दै आएका भन्सालीले नागरिकको चेतना, मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुका साथै गरिब, दिन दुखीलाई सहयोग गर्दै आएका छन् ।
मानवअधिकारका अथक योद्धा प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा सम्मानको कार्यक्रम गरिने कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
सारांश
- वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको वैठकले २०८० का लागि प्रजातान्त्रिक, संघीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध र निरन्तर क्रियाशील सप्तरीको राजविराज नगरपालिका ७ का ७२ वर्षीय भन्सालीलाई सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।
- राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसंख्यक मारबाडी समुदायको अभिभावकत्व समेत गर्दै आएका भन्सालीले नागरिकको चेतना, मानवअधिकारको संरक्षण, लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुका साथै गरिब, दिन दुखीलाई सहयोग गर्दै आएका छन् ।
- मानवअधिकारका अथक योद्धा प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा सम्मानको कार्यक्रम गरिने कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया