कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ

राजविराज राजविराज
|
सोमबार, श्रावण २०, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •     कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा आइतबार झुण्डिएको अवस्थामा फेला परेको थियो ।
  • आइतबार दिउँसो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको शव पोष्टमार्टमका लागि पठाइएको थियो ।
  • सोमबार बिहाने पोष्टमार्ट पश्चात् आफन्तजनले शव लिएर आएपछि राजविराजमा प्रदर्शन गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 
    राजविराज नगरपालिका वडा नं. १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी शवसहित प्रदर्शन गरेका छन् । माइती पक्षले प्रदर्शनका क्रममा घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माग गरेका छन् । 
    कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा आइतबार झुण्डिएको अवस्थामा फेला परेको थियो । आइतबार दिउँसो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको शव पोष्टमार्टमका लागि पठाइएको थियो । सोमबार बिहाने पोष्टमार्ट पश्चात् आफन्तजनले शव लिएर आएपछि राजविराजमा प्रदर्शन गरेका हुन् । 
    उनीहरुले घटनाका बारेमा सत्यतथ्य बुझि चाडोभन्दा चाडो छानबिन गरि दोषिमाथी कारवाही गर्न माग गरेका छन् । 
    कंचनलाई श्रीमान् पक्षले कुटपिट गर्दै मारेको र त्यसपछि आत्महत्या देखाउन झुण्ड्याएको माइती पक्षको दाबी छ ।
    मृतकका दाजु राजेन्द्र यादवका अनुसार घटनाको प्रकृती तथा शरीर भरि भएको घाउ चोटका आधारमा हत्या नै भएको संकेत देखाएको तथा हत्यालाई आत्महत्या देखाउन मृतकका पति अरबिन्द यादव र सासु, ससुराले मिलोमतो गरि कंचनलाई पासो लगाएर झुण्ड्याएका हुन् ।
    राजविराज १० निवासी कंचनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बितेपनि पछि गएर दुईबीचको सम्बन्ध चिसिदै गएको छिमेकीहरुको भनाई छ । 
    केही दिन यता अरबिन्दको अर्कैै केटीसँग लसपस भएको र त्यो कुरा कंचनले चाल पाएपछि दुबैबीचको सम्बन्ध बिग्रिदै गएको छिमेकीहरुले बताएका छन् । 
    “अर्कै केटीसँग प्रेममा फसेपछि उनैसँग विवाह गर्ने÷गराउने नियतले अरबिन्द र सासु, ससुराको मिलोमतोमा योजनाबद्ध ढंगले कंचनको हत्या भएको हो” दाजु राजेन्द्रको दाबी छ । 
    घटनापछि मृतकका सासु ससुरा फरार छन् भने प्रहरीले मृतकका पति अरबिन्दलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको डिएसपी भावेश रिमालले जानकारी दिए । 
    उनले अहिले नै हत्या वा आत्महत्या भनि सक्ने अवस्था नरहेको बताउँदै अरबिन्दलाई पक्राउ गरि बयान लिने काम भइरहेको जानकारी दिए । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकोले अनुसन्धान र पोष्टमार्टम रिपोर्टको अध्ययन लगत्तै सत्यतथ्य चाडै सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा