दैनिक समाचारदाता
राजविराज, ११ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर खण्डमा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिदा आमा छोराको मृत्यु भएको छ ।
मोटरसाइकल सवार खडक नगरपालिका ५ निवासी ५५ वर्षिया सुधनीदेवी दास र उनका ३२ वर्षिय छोरा बिरेन्द्र कुमार दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१०प. ९०५० र विपरीत दिसाबाट आउँदै गरेको कंचनरुप नगरपालिका कार्यालयको स.१झ. ४८७ नम्बरको स्कारपियो भ्यान एक आपसमा ठोकिएर सो दुर्घटना भएको हो । घटनामा मोटरसाइकलमा सवार आमा छोरा दुबैको मृत्यु भएको हो ।
यता ठक्कर दिने गाडी र चालक कमलेश मुखियाँलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
सारांश
- मोटरसाइकल सवार खडक नगरपालिका ५ निवासी ५५ वर्षिया सुधनीदेवी दास र उनका ३२ वर्षिय छोरा बिरेन्द्र कुमार दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार बुधबार राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१०प.
- ९०५० र विपरीत दिसाबाट आउँदै गरेको कंचनरुप नगरपालिका कार्यालयको स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया