दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा दुई दिन अघि जेनजी समुहले लगाएको ताला स्थानीय प्रशासनले मंगलवार फुटाई दिएका छन ।
तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको देखेपछी जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताला फुटाइएको हो ।
आफुहरुसंग कुनै छलफल नै नगरी ताला फुटाइएको भन्दै आक्रोशित जेनजी समुहका युवाहरु जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका छन ।
उनीहरुले बल प्रयोग गरी सहमती बिनै ताला खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन ।
संस्थानको सेवामा सुधार तथा निमित्त कार्यालय प्रमुख राजाराम यादवको सरुवा रोक्नु पर्ने लगायतका माँग राखी जेनजी समुहका अगुवाहरुले दुई दिन अघि संस्थानको कार्यालयमा तालाबन्दी गरेका थिए ।
जसकारण संस्थानको दैनिकी कामकाज र सेवा प्रवाहमा समस्या भएको थियो । जेनजी समुहका अगुवा मो.मुस्तकिम आलमले एकतर्फी रुपमा आफुहरु संग कुनै समन्वय नगरी ताला फुटाउनु दमनको नीती भएको बताए ।
उनले प्रमुख जिल्ला अधिकारी पोखरेलले वार्ताका लागी बोलाउने भनी आश्वासन दिएकाले आफुहरुको माँग सम्बोधन नभए पुनः तालाबन्दी गर्ने जनाएका छन ।
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
सारांश
- तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको देखेपछी जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताला फुटाइएको हो ।
- आफुहरुसंग कुनै छलफल नै नगरी ताला फुटाइएको भन्दै आक्रोशित जेनजी समुहका युवाहरु जिल्ला प्रशासन कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका छन ।
- उनीहरुले बल प्रयोग गरी सहमती बिनै ताला खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया