अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना

राजविराज राजविराज
|
शनिबार, श्रावण १६, २०७८
|
|
५८ पटक हेरिएको
Shares
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना

सारांश

  •     तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा.
  • ओम प्रसाद दहालले शुरु गरेका डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिजइन मिडवेस्ट अमेरिका (अन्मा) को सहकार्यमा विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका ब्यक्तिहरुको सहयोगमा उक्त विद्यालयलाई २० थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर शनिबार प्रदान गरिएको छ ।
  •     अन्माले सो विद्यालयसँगै सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालयक विलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई गरी ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर सिरहा–सप्तरी कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रम अन्तर्गत प्रदान गरिएको अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले जानकारी दिएका छन् ।

    राजविराज/सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिजइन मिडवेस्ट अमेरिका (अन्मा) को सहयोगमा शनिबार कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।
    सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधी कुन्दन शर्मा मिश्रले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्दै अध्यक्ष सिंहले कम्प्युटर ल्याबको स्थापनाले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुग्ने बताए ।
    अन्माका प्रतिनिधी मिश्रले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुर्‍याई दक्ष जनशक्ति उत्पादन गर्नमा मद्दत पुर्‍याउने उद्देश्यले कम्प्युटर ल्याबको स्थापना गरिएको जानकारी दिए ।
    तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा. ओम प्रसाद दहालले शुरु गरेका डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिजइन मिडवेस्ट अमेरिका (अन्मा) को सहकार्यमा विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका ब्यक्तिहरुको सहयोगमा उक्त विद्यालयलाई २० थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर शनिबार प्रदान गरिएको छ ।
    अन्माले सो विद्यालयसँगै सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालयक विलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई गरी ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर सिरहा–सप्तरी कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रम अन्तर्गत प्रदान गरिएको अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले जानकारी दिएका छन् । 
    आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधी ई. सुरेन्द्र कुमार साह, नेत्र प्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने बताए । कार्यक्रममा अन्माका प्रतिनिधीहरुलाई विद्यालयको तर्फबाट गम्छा तथा कदर पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी विरुद्ध प्रदर्शन
एमसीसी विरुद्ध प्रदर्शन
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
पत्रकार झाको निधन
पत्रकार झाको निधन
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?