दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
पुस्तौदेखि वसोवास गर्दै आएको जग्गा बलपूर्वक खाली गराई आफुहरुको उठिवास गराइएको एक भुमिहीन परिवारले गुनासो गरेका छन ।
मंगलवार राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी ऐनेश्वर मण्डल र उनका परिवारजनले यस्तो गुनासो पोखेका हुन ।
विगत तीन पुस्ता देखी ७ धुर जग्गामा फुसको घर बनाई वसोवास गर्दै आएका आफुहरुलाई छिमेकी रमण कुमार सिहले बलजफती खाली गर्न लगाएको पत्रकार सम्मेलनमा पीडित परिवारका अभिभावक ७५ वर्षिय ऐेनेश्वर मण्डलले बताए ।
परिवारका सबै सदस्य सहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनीहरुले घर खाली गराउने क्रममा गाली गलौज, दुव्र्यहार गर्नूका साथै घरको छाना तोडफोड तथा घर भित्र रहेका खाद्यान्न, भाडाकुडा र लत्ताकपडा सबै बाहिर फ्याकिदिएको गुनासो समेत गरेका छन् ।
मण्डलका छोरा, बुहारी, नाती, नातीनी गरी ११ जना छन । घर तोडफोड हुदाँ सबैको विचल्ली भएको उनले बताए । मण्डलका बुहारी सरोज देवीले आफूहरु वसोवास गर्दै आएको उक्त जग्गा २०२६ साल तिर तत्कालिन जमिन्दार चन्द्रीका सिहले आफुहरुलाई दिएको बताईन ।
पीडित मण्डल परिवारले गाउँमा वसेको पंचायतीमा रमण सिहले प्रति धुर २ लाखका दरले ७ धुरको १४ लाख रुपैया दिएमात्र सो जग्गामा वसोवास गर्न दिने शर्त राखेको बताएका छन् । आफुहरु त्यत्रो ठूलो रकम तिर्ने हैसितयतमा नरहेकाले विचल्लीमा परेको मण्डल परिवारको भनाई छ ।
मण्डल परिवारले चन्द्रिका सिंहको नाममा रहेको उक्त जग्गा जालझेल गरी सिंह परिवारले कब्जा गरेको गुनासो गर्दै यसको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन ।
रमण सिहले भने २०२८ साल तिर उक्त जग्गा चन्द्रिका सिहले आमा श्यामसुन्दरी देवीलाई दिईसकेको दाबीका साथ सोही आधारमा कानूनी प्रक्रिया तहत खाली गराइएको बताएका छन् । उनले उक्त जग्गा आफुहरुकै रहेको र मण्डल परिवारले वर्षाैदेखि अनाधिकृत रुपमा कब्जा गरी बसेको आरोप लगाए ।
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो
सारांश
- मंगलवार राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी ऐनेश्वर मण्डल र उनका परिवारजनले यस्तो गुनासो पोखेका हुन ।
- विगत तीन पुस्ता देखी ७ धुर जग्गामा फुसको घर बनाई वसोवास गर्दै आएका आफुहरुलाई छिमेकी रमण कुमार सिहले बलजफती खाली गर्न लगाएको पत्रकार सम्मेलनमा पीडित परिवारका अभिभावक ७५ वर्षिय ऐेनेश्वर मण्डलले बताए ।
- परिवारका सबै सदस्य सहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनीहरुले घर खाली गराउने क्रममा गाली गलौज, दुव्र्यहार गर्नूका साथै घरको छाना तोडफोड तथा घर भित्र रहेका खाद्यान्न, भाडाकुडा र लत्ताकपडा सबै बाहिर फ्याकिदिएको गुनासो समेत गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया