दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
नेकपा केपी ओली पक्षमा रहेका प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले ताजा जनादेशका लागि प्रतिनिधिी सभा विघटन गरेको बताएका छन् ।
उनले पार्टीका अगुवा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै बिरोधीहरुले जतिसुकै वहाना बनाएपछि निर्वाचन भएरै छाड्ने ठोकुवा समेत गरे ।
आइतबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेला तथा अनुशिक्षण एवं सम्मान कार्यक्रममा बोल्दै नेकपा स्थायी समितिका सदस्य समेत रहेका उनले प्रधानमन्त्रीमाथी अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथी महाअभियोग सम्मको तयारीमा भइरहेकोले प्रधानमन्त्री ताजा जनादेशमा जानु परेको स्पष्ट पारेका छन् ।
उनले प्रधानमन्त्रीलाई हातखुटा बाँधे झैं विभिन्न बहानामा काम गर्न नदिन, आफन्तलाई विभिन्न निकायमा नियुक्तिका लागि दवाब दिने जस्ता काम पार्टी भित्रैबाट प्रचण्ड नेपाल समूहले गरेर सरकारलाई अफ्ठ्यारोमा पारेको उनको आरोप छ ।
यस्तै कार्यक्रममा पार्टीका प्रदेश २ का सचिव तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले अदालतमा बिचाराधिन रहेको मुद्दामा पनि निर्णयको प्रतिक्षा नगरि बिरोधीहरुले पार्टी भित्र थालेको षडयन्त्र र प्रचारबाजीप्रति सचेत रहन अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।
पार्टीभित्रै बिरोधीद्वारा निषेधको राजनीतिक सुरु गरिएको आरोपका साथ उनले प्रधानमन्त्रीले चालेको कदमप्रति सर्वोच्च अदालत तथा पार्टीको आधिकारिताका बारेमा निर्वाचन आयोगको निर्णय कुर्नु नै उचित हुने बताए ।
कार्यक्रममा सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका नवनियुक्त केन्द्रिय सदस्य सुखराम यादव, गंगाप्रसाद यादव, उत्तम गौतम, देवनारायण चौधरी, मो. अब्दुल मजिद सकिर, रत्नेश्वर यादवसहित दुई दर्जन अगुवा कार्यकर्तालाई सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रिय सदस्य, प्रदेशसभा सदस्य, जिल्ला संगठनका पदाधिकारी एवं यूवा विद्यार्थी अगुवाहरुको सहभागिता रहेको छ ।
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
सारांश
- उनले पार्टीका अगुवा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै बिरोधीहरुले जतिसुकै वहाना बनाएपछि निर्वाचन भएरै छाड्ने ठोकुवा समेत गरे ।
- आइतबार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेला तथा अनुशिक्षण एवं सम्मान कार्यक्रममा बोल्दै नेकपा स्थायी समितिका सदस्य समेत रहेका उनले प्रधानमन्त्रीमाथी अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथी महाअभियोग सम्मको तयारीमा भइरहेकोले प्रधानमन्त्री ताजा जनादेशमा जानु परेको स्पष्ट पारेका छन् ।
- उनले प्रधानमन्त्रीलाई हातखुटा बाँधे झैं विभिन्न बहानामा काम गर्न नदिन, आफन्तलाई विभिन्न निकायमा नियुक्तिका लागि दवाब दिने जस्ता काम पार्टी भित्रैबाट प्रचण्ड नेपाल समूहले गरेर सरकारलाई अफ्ठ्यारोमा पारेको उनको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया