दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन गराउने सरकारले गरेको घोषणासँगै जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार पहिलो कार्यक्रम सम्पन्न गरेको छ । तर पहिलो कार्यक्रम नै अधिकांश राजनीतिक दलले बहिष्कार गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले राजविराज नगरपालिकाको सभाकक्षमा आयोजना गरेको मतदाता नामावली अध्यावधीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, नागरिक समाज, गैसस तथा जिल्लास्थित सबै सरकारी कार्यालयका प्रतिनिधिलाई कार्यक्रममा बोलाएको थिए ।
तर, कार्यक्रममा प्रमुख राजनीतिक दल नेकपा (ओली समूह) का प्रतिनिधि अशोक यादव तथा एक तिरहुत गाउँपालिकाकी उपप्रमुख तिर्थमाया खंग खत्वे मात्र सहभागि थिए । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, विभिन्न गैसस र कार्यालयका प्रतिनिधि भने सहभागि भए ।
जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले आगामी निर्वाचनलाई कसरी स्वच्छ र मतदाता नामावली त्रृटीरहित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सबै राजनीतिक दललाई आमन्त्रण गरिए पनि अधिकांशले आफूहरु आन्दोलनमा रहेको कारण कार्यक्रममा सहभागि नहुने भन्दै जवाफ फर्काएको सुनाए ।
उनले निर्वाचनको सरकारले घोषणा गरिसकेकाले तयारी अगाडी बढाउनु आफ्नो दायित्व रहेको बताए । अधिकांश राजनीतिक दलले बहिष्कार गरे पनि मतदाता नामावली अधावधीक तथा मतदाता सूची त्रृटीरहित बनाउने बिषयमा ब्यापक छलफल र सुझाव समेत संकलन भएको उनले बताए ।
कार्यक्रममा मतदाता नामावली अधावधिक सम्बन्धी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जसअनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, १६ गते त्रृटी सच्याउने निवेदन र १८ गते उजुरी परेको मतदाताको प्रमाण जाच गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन अधिकारी जोशीका अनुसार सप्तरीमा २०७७ पुस ५ गते सम्ममा १८ वर्ष पुरा भई दर्ता रहेका १ लाख ८६ हजार ९ सय ४७ पुरुष, १ लाख ७० हजार ८ सय ३७ महिला तथा अन्य २१ गरि कुल ३ लाख ५७ हजार ८ सय ५ मतदाता रहेका छन् ।
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
सारांश
- जिल्ला निर्वाचन कार्यालयले राजविराज नगरपालिकाको सभाकक्षमा आयोजना गरेको मतदाता नामावली अध्यावधीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, नागरिक समाज, गैसस तथा जिल्लास्थित सबै सरकारी कार्यालयका प्रतिनिधिलाई कार्यक्रममा बोलाएको थिए ।
- तर, कार्यक्रममा प्रमुख राजनीतिक दल नेकपा (ओली समूह) का प्रतिनिधि अशोक यादव तथा एक तिरहुत गाउँपालिकाकी उपप्रमुख तिर्थमाया खंग खत्वे मात्र सहभागि थिए ।
- यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, विभिन्न गैसस र कार्यालयका प्रतिनिधि भने सहभागि भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया