दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
बालबालिकालाई रमाईलो बातावरणमा पठन पाठनसँगै शिकाई प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले समुन्नती कार्यक्रम संचालनमा ल्याएको आयोजित एक कार्यक्रम सहभागीहरूले बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा बुधबार आयोजित बालबिकासको निर्माण कार्यको मध्यावधिक समाजिक लेखा परिक्षण कार्यक्रममा कक्षा १ को तैयारी र बालबालिकाको चौतर्फी बिकासका लागी समुन्ती कार्यक्रम संचालनमा ल्याएको कार्यक्रम संयोजक उमेश्वर चौधरीले जानकारी दिए ।
यसैबीच सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा समाजिक लेखा परिक्षण सम्पन्न भएको छ । उमेश्वर अधारभुत बिद्यालय लौनियाँमा निर्माणाधिन बाल बिकास केन्द्रको मध्यावधिक समाजिक परिक्षण गरेको सेभ द सप्तरी लेखा तथा प्रशासन अधिकृत अशोक कुमार साहले जानकारी दिए ।
भुकम्प प्रतिरोधात्मक निर्माणधिण बालबिकास केन्द्रमा हाल सम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा १६ लाख ४९ हजार ९ सय १४ पैसा र बिद्यालयले ३० हजार ७ सय ३३ रूपैया ४० गरी १६ लाख ८० हजार ६ सय ३३ रूपैया ९८ पैसा लगानीमा बालबिकास केन्द्र बनाउन लागेको बिद्यालयका प्रअ प्रदिप कुमार मण्डलले जानकारी गराए ।
हाल सम्म यस बालबिकास केन्द्र १० लाख ५६ हजार ६ सय २७ रूपैया ७१ पैसा जसमध्ये १९ हजार बिद्यालयले सहयोग गरेको प्राबिधिक सत्य नारायण यादबले बताए ।
उक्त बिद्यालयमा बालबिकास केन्द्रको भबन नहुदाँ बालबालिकाहरूलाई पठन पाठन तथा सिकाई प्रक्रिया समस्या हुने गरेको अबस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालवालीकाको लागि ठुलो उपलब्धी भएको बिद्यालयका प्रअ प्रदिप कुमार मण्डलले बताए ।
बालबिकास केन्द्रमा हाल ६४ वटा बालवालिका अध्ययनरत रहेका छन् । बालबिकास केन्द्रमा हालसम्म लागेका खर्च तथा कामकाज मुल्यांकन तथा समाजिक लेखा परिक्षण गरि सम्बन्धी सरोकारवालाहरूसँग सुझाव संकलन अनुसार अगामी दिनमा कार्य सम्पन्न गराउने उद्देश्यले मध्यावधिक समाजिक परिक्षण गरेको सेभ द सप्तरीका कार्यक्रम संयोजक उमेश्वर चौधरीले बताए ।
सो अवसरमा तिलाठी कोईलाडी वडा नम्वर २ का वडा सदस्य दिनेश मण्डल, चन्दना मण्डल, सीतादेवी खंग, बिद्यालयका प्रअ प्रदिप कुमार मण्डल, बिद्यालय ब्यबस्थापन समिति सदस्य हरि नारायण साह, कृष्णदेब मण्डल, सेभ द सप्तरीका कार्यक्रम संयोजक उमेश्वर चौधरी, लेखा अधिकृत अशोक साह, अनुगमन, मुल्यांकन तथा जवाफदेहिता शिकाई अधिकृत संतोष यादब, प्राबिधिक सत्य नारायण यादब, लोजिष्टिक अधिकृत महेश चौधरी, लगायतको उपस्थिति रहेको थियो ।
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा बुधबार आयोजित बालबिकासको निर्माण कार्यको मध्यावधिक समाजिक लेखा परिक्षण कार्यक्रममा कक्षा १ को तैयारी र बालबालिकाको चौतर्फी बिकासका लागी समुन्ती कार्यक्रम संचालनमा ल्याएको कार्यक्रम संयोजक उमेश्वर चौधरीले जानकारी दिए ।
- यसैबीच सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा समाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।
- उमेश्वर अधारभुत बिद्यालय लौनियाँमा निर्माणाधिन बाल बिकास केन्द्रको मध्यावधिक समाजिक परिक्षण गरेको सेभ द सप्तरी लेखा तथा प्रशासन अधिकृत अशोक कुमार साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया