दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिँहले पार्टीलाई ब्यबस्थित, संगठित बनाउनका लागि सबै पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर संगठन सुद्विकरण निर्देशन दिएका छन् ।
बुधवार राजबिराजमा आयोजित पार्टीका बिस्तारित बैठकमा बोल्दै पुर्व मन्त्री समेत रहेको उपाध्यक्ष यादबले पार्टीलाई थप ब्यबस्थित बनाउन तर्दथ समिति बनाउन केन्द्रीय सरकुलर अनुसार गर्न लागेको जानकारी दिए । ६ पार्टी एकीकरण भएको अढाई बर्ष भईसकेको बताउँदै उनले ६ पार्टीका नेता तथा कार्यकर्तालाई एकीकरण गर्न नसकेकोप्रति दुःख व्यक्त गरे ।
सो बैठकमा राजपा महासचिव केशव झाले मधेशको उच्च मनोवल बढाउनका लागि पार्टीलाई ब्यबस्थित गर्न, संगठन सुद्विकरणका लागी तदर्थ समिति गठन गर्न लागेको जानकारी दिए ।
राजपा नेपाल सप्तरीद्वारा आयोजित बिस्तारित बैठकमा महासचिव झाले संगठनलाई चुस्तदुरूस्त बनाउनका लागि वडादेखि प्रतिनिधि सभा क्षेत्र सम्ममा तर्दथ समिति गठन गर्ने बताए ।
राजपा केन्द्रीय पर्यवेक्षक मोहम्मद निजामुद्विन सवानीले पार्टीको संगठनलाई ब्यबस्थित, सुद्विकरण र संस्थागत गर्नका लागि प्रत्येक जिल्लामा तदर्थ समिति बनाउन लागेको बताए ।
केन्द्रिय महासचिव झाले पार्टी गठन भएको अढाई बर्ष भईसकेको अवस्थामा पार्टी संस्थागत हुन नसकेकोले संस्थागत बनाउन तर्दथ समिति बनाउन लागेको जिकिर गरे ।
बैठकमा केन्द्रीय सरकुलर अनुसार सबै वडाका राजपाका नेता तथा कार्यकर्ताहरू सम्मलित वडा कमिटिदेखि प्रतिनिधि सभा निर्वाचन क्षेत्र हुँदै जिल्ला तदर्थ समिति बनाउन आग्रह गरिएको छ ।
यस अघि राजपा केन्द्रीय सरकुलर अनुसार मंसिर २५ गते भित्र तदर्थ समिति गठन गर्ने जिल्लाहरूलाई सरकुलर गरेको छ । जसअनुसार मंसिर ३० गते भित्र गठन गरेर केन्द्रमा पठाउन भनिएपनि हुन तर्दथ समिति गठन हुन सकेको छैन ।
सो बैठकवाट पुस १० गते भित्र वडा कमिटि गठन गर्ने निर्णय गरिएको छ भने तर्दथ समितिका लागि पुस १५ भित्र पालिकास्तरिय तदर्थ समिति गठन गर्ने निर्णय भएको राजपा नेपाल सप्तरी अध्यक्ष मण्डल संयोजक हरेराम यादबले जानकारी दिए ।
राजपा नेपाल सप्तरीका संयोजक हरेराम यादबको अध्यक्षतामा आयोजित बिस्तारित बैठकमा राजपा केन्द्रीय महासचिव जयप्रकाश ठाकुर, बिनोद सिँह, केन्द्रीय सहसचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य दिनेश कुमार यादब, दिपेन्द्र चौधरी, राजबिराज नगरप्रमुख शम्भु कुमार यादब, रूपनी गाउपालिका अध्यक्ष हरेराम यादव, तिलाठी कोईलाडी अध्यक्ष सतिश कुमार सिँह, अध्यक्षमण्डल सदस्य रामपृत यादब, अमरनाथ मण्डल, युवा नेता बिनोद यादब, बिनोद कुमार मण्डल लगायतको उपस्थिती रहेको थियो ।
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
सारांश
- बुधवार राजबिराजमा आयोजित पार्टीका बिस्तारित बैठकमा बोल्दै पुर्व मन्त्री समेत रहेको उपाध्यक्ष यादबले पार्टीलाई थप ब्यबस्थित बनाउन तर्दथ समिति बनाउन केन्द्रीय सरकुलर अनुसार गर्न लागेको जानकारी दिए ।
- ६ पार्टी एकीकरण भएको अढाई बर्ष भईसकेको बताउँदै उनले ६ पार्टीका नेता तथा कार्यकर्तालाई एकीकरण गर्न नसकेकोप्रति दुःख व्यक्त गरे ।
- सो बैठकमा राजपा महासचिव केशव झाले मधेशको उच्च मनोवल बढाउनका लागि पार्टीलाई ब्यबस्थित गर्न, संगठन सुद्विकरणका लागी तदर्थ समिति गठन गर्न लागेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया