सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित

सारांश

  •     ९ नगरपालिका र ९ गाउँपालिकाका जनप्रतिनिधिका लागि भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढीले मतदान गरेका छन् ।
  •   शुक्रबार सम्पन्न निर्वाचनमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं.
  • २ बाहेक सबै ५ सय ३५ मतदान केन्द्रमा उत्साह र शान्तिपूर्ण ढंगले मतदान भएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 

शुक्रबार सम्पन्न स्थानिय तहको निर्वाचनमा सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
    ९ नगरपालिका र ९ गाउँपालिकाका जनप्रतिनिधिका लागि भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढीले मतदान गरेका छन् । 
शुक्रबार सम्पन्न निर्वाचनमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. २ बाहेक सबै ५ सय ३५ मतदान केन्द्रमा उत्साह र शान्तिपूर्ण ढंगले मतदान भएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन् । 
    यद्दपी बिचबीचमा भएको वर्षाका कारण राजविराज र बोदेबरसाइन नगरपालिकामा केही मतदान केन्द्रमा रोकिएको मतदान कार्य फेरी सुरु भएको र अबेर साँझसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । 
     जिल्लामा ४ लाख १२ हजार ४ सय ४५ कुल मतदाता छन् । मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य भइरहेको र तोकिएको केन्द्रमा मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत कार्यालयको तयारी छ । 
    सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलिय बैठक गरि मतगणनाको समय निर्धारण गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए । 
सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित
    यता सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. २ को मतदान केन्द्रमा मतदान चलिरहेका बेला एक उम्मेदवारका समर्थित व्यक्तिले मतपेटिका तोडफोड तथा मतदानमा खटिएका कर्मचारीमाथी हातपात गरिएपछि निर्वाचन स्थगित गरिएको छ । 
    मतदान गर्न गएका एक जना शारिरीक रुपले अशक्त बृद्ध मतदाताले इच्छाएको उम्मेदवार भन्दा अर्कै उम्मेदवारको चुनाव चिन्हमा मतसंकेत गरिदिएको आरोप लगाएर होहल्ला गरेपछि मतपेटिका तोडफोड र मतदान अधिकृत विपिन यादवमाथी हातपात भएपछि निर्वाचन स्थगित गरिएको हो । 
    स्थगित गरिएको निर्वाचन जेठ १ गते हुने तय गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको  गम्भिर ध्यानाकर्षण
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको  गम्भिर ध्यानाकर्षण
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
पैगम्बरको जन्म दिन धुमधामका साथ मनाइयो
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ
हतियार लिएर फरार प्रहरी जवानका प्रेमी पक्राउ
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन