दैनिक समाचारदाता
राजविराज, १० असोज ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी, जनमत पार्टीसहित सो निर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनका लागि समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला र जनमत पार्टी (जपा) लाई लाउडस्पिकर दिने निर्णय गरेको हो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।
त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको राससले जनाएको छ ।
आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको हो ।
समाजवादीलाई पाँच औलासहितको हत्केला, जनमतलाई लाउडस्पिकर
सारांश
- आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनका लागि समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला र जनमत पार्टी (जपा) लाई लाउडस्पिकर दिने निर्णय गरेको हो ।
- यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।
- त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया