दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
वैदेशिक रोजगारीका लागी भारत गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक यूवकसहित दुईको अवस्था वर्षौदेखी अज्ञात रहेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का २६ वर्षिय अमरिश मिश्रा १३ वर्षअघि रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको अवस्था अझै अज्ञात नै रहेको छ ।
उनको खोजीका लागी बुबा अमोल, आमा रेखा र भाई निकुञ्ज अहिले पनि दिल्ली र आसपासका शहरमा पटक÷पटक पुग्ने र खोजी कार्यमा भौतारीरहने गरेको परिवारजनले बताएका छन ।
यस्तै सोही गाउँपालिकाका अर्का युवक चार वर्ष देखी भारत मै वेपत्ता रहेको भन्दै खोजी कार्यमा सहयोगका लागी परिवारजनले अपिल गरेका छन ।
वडा नं ७ निवासी २५ वर्षिय विजय ठाकुर विगत चार वर्ष देखी भारतको सिमरीया घाटबाट वेपत्ता रहेको भन्दै बुबा लक्ष्मी ठाकुरले खोजी कार्यमा पहल र सहयोग गरिदिन अपिल गरेका हुन ।
शुक्रवार सदरमुकाम राजविराजमा संचारकर्मीहरुलाई भेट्दै बुबा लक्ष्मीले चार वर्ष अघि भारत विहार राज्यको प्रसिद्ध धार्मिक स्थल सिमरिया घाटमा लागेको कुम्भ मेलामा सपरिवार पुगेका वेला छोरा विजय वेपत्ता भएको सुनाए ।
महाकुम्भ स्नान पछि प्रसाद समाग्री किन्दै गर्दा अचानक उर्लिएको भक्तजनको भीडमा छोरा सम्पर्क विहीन भएको उनले बताए ।
तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण मण्डल, विजयका बुआ लक्ष्मी, आमा पुष्पा र दाजु अजय दुई पटक भारतको सिमरीय र आसपासका शहर पुगेर खोज तलास गरिसकेका छन । तर, कतैबाट कुनै सुराक फेला पर्न नसकेको परिवारजन बताउँछन ।
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
सारांश
- जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का २६ वर्षिय अमरिश मिश्रा १३ वर्षअघि रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए ।
- उनको अवस्था अझै अज्ञात नै रहेको छ ।
- उनको खोजीका लागी बुबा अमोल, आमा रेखा र भाई निकुञ्ज अहिले पनि दिल्ली र आसपासका शहरमा पटक÷पटक पुग्ने र खोजी कार्यमा भौतारीरहने गरेको परिवारजनले बताएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको मिलोमतो रहेको किसानको गुनासो
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
शैयाबाटै रामपरीद्वारा सहयोगको याचना
प्रतिक्रिया
० प्रतिक्रिया