दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
वैदेशिक रोजगारीका लागी भारत गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक यूवकसहित दुईको अवस्था वर्षौदेखी अज्ञात रहेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का २६ वर्षिय अमरिश मिश्रा १३ वर्षअघि रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको अवस्था अझै अज्ञात नै रहेको छ ।
उनको खोजीका लागी बुबा अमोल, आमा रेखा र भाई निकुञ्ज अहिले पनि दिल्ली र आसपासका शहरमा पटक÷पटक पुग्ने र खोजी कार्यमा भौतारीरहने गरेको परिवारजनले बताएका छन ।
यस्तै सोही गाउँपालिकाका अर्का युवक चार वर्ष देखी भारत मै वेपत्ता रहेको भन्दै खोजी कार्यमा सहयोगका लागी परिवारजनले अपिल गरेका छन ।
वडा नं ७ निवासी २५ वर्षिय विजय ठाकुर विगत चार वर्ष देखी भारतको सिमरीया घाटबाट वेपत्ता रहेको भन्दै बुबा लक्ष्मी ठाकुरले खोजी कार्यमा पहल र सहयोग गरिदिन अपिल गरेका हुन ।
शुक्रवार सदरमुकाम राजविराजमा संचारकर्मीहरुलाई भेट्दै बुबा लक्ष्मीले चार वर्ष अघि भारत विहार राज्यको प्रसिद्ध धार्मिक स्थल सिमरिया घाटमा लागेको कुम्भ मेलामा सपरिवार पुगेका वेला छोरा विजय वेपत्ता भएको सुनाए ।
महाकुम्भ स्नान पछि प्रसाद समाग्री किन्दै गर्दा अचानक उर्लिएको भक्तजनको भीडमा छोरा सम्पर्क विहीन भएको उनले बताए ।
तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण मण्डल, विजयका बुआ लक्ष्मी, आमा पुष्पा र दाजु अजय दुई पटक भारतको सिमरीय र आसपासका शहर पुगेर खोज तलास गरिसकेका छन । तर, कतैबाट कुनै सुराक फेला पर्न नसकेको परिवारजन बताउँछन ।
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
सारांश
- जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का २६ वर्षिय अमरिश मिश्रा १३ वर्षअघि रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए ।
- उनको अवस्था अझै अज्ञात नै रहेको छ ।
- उनको खोजीका लागी बुबा अमोल, आमा रेखा र भाई निकुञ्ज अहिले पनि दिल्ली र आसपासका शहरमा पटक÷पटक पुग्ने र खोजी कार्यमा भौतारीरहने गरेको परिवारजनले बताएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया