दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त्रुटीपूर्ण रहेको संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्ने बताएका छन् ।
राजविराजमा बुधबार आयोजित नवनिर्वाचित सप्तरी जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दश बर्ष अगाडी जारी भएको संबिधानमा त्रुटी रहेकोले संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उनले उल्लेख गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संविधानमा अहिले पनि मधेशी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदाय लगायतका कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै यस्ता समस्यालाई सच्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको दो¥याए ।
संबिधान संशोधन गर्ने एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्त, भ्रष्टाचारी, कमिसनखोरी, विचौलिया र भूमाफिया जस्ता देशका धमिरालाई संरक्षण दिनु बाहेक अरू केही नगरेको अध्यक्ष यादवले आरोप लगाए ।
अध्यक्ष यादवले भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गर्दै प्रदेशको अधिकार बिहीन, कानुन बिहिन र २०७६ सालमा प्रहरी ऐन बनेपनि हाल कार्यान्वयनमा नआउदा प्रदेशहरु अधिकारबिहीन बनेको बताउदै संघियता पनि कार्यन्वयन हुनुपर्नेमा समेत जोड दिए ।
मधेस प्रदेश क्षेत्रको संरक्षण गर्न नसक्दा तराई–मधेशमा पानी सुक्दै गएको र खेतबारी बन्जर बन्दै गएको उल्लेख गर्दै अध्यक्ष यादवले भने “जबसम्म चुरे क्षेत्रका वन–जंगलको संरक्षण हुँदैन, तबसम्म तराई–मधेशको दीगो विकास सम्भव छैन ।”
देशमा बढ्दो असमानता, विभेद, सामाजिक न्यायको अभाव र समानताको सवालमा वैकल्पिक राजनीतिक शक्तिको निर्माण आवश्यक रहेको बताउदै उनले संविधान संशोधन गरेर तराई–मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित्ता गर्नुपर्नेमा जोड समेत दिए ।
संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
सारांश
- राजविराजमा बुधबार आयोजित नवनिर्वाचित सप्तरी जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
- दश बर्ष अगाडी जारी भएको संबिधानमा त्रुटी रहेकोले संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उनले उल्लेख गरे ।
- पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संविधानमा अहिले पनि मधेशी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदाय लगायतका कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै यस्ता समस्यालाई सच्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको दो¥याए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया