दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
सप्तरीका वरिष्ठ उद्योगपति सिताराम कावराको ९७ वर्षको उमेरमा सोमवार आफ्नै निवासमा निधन भएको छ । आजभन्दा ९७ वर्ष अघि बि.स. १९८१ बैशाख १ गते जन्मेका उनको संजोगवस २०७७ बैशाख १ मै निधन भएको हो ।
क्वालिटी फूड प्रोडक्ट्सका सञ्चालक तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ निवासी कावरा लामो समयदेखि अस्वथ्य रहेका थिए ।
उद्योगपति कावराका ४ छोरा र २ छोरी रहेका छन् । छोराहरु क्रमशः गौरीशंकर कावरा, श्रीराम कावरा, श्रीनिवास कावरा र नवलकिशोर कावरा रहेका छन् ।
समाजसेवामा समेत निकै सकृय रहेका स्व. काबरा जिल्लाको विभिन्न स्थानमा आउने विपद्को बेला सहयोग गर्न अग्रपंक्तिमा रहने गर्दथे । स्व. काबराको शवलाई ममंगवार विहान अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
सारांश
- क्वालिटी फूड प्रोडक्ट्सका सञ्चालक तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ निवासी कावरा लामो समयदेखि अस्वथ्य रहेका थिए ।
- उद्योगपति कावराका ४ छोरा र २ छोरी रहेका छन् ।
- छोराहरु क्रमशः गौरीशंकर कावरा, श्रीराम कावरा, श्रीनिवास कावरा र नवलकिशोर कावरा रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया