बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह

राजविराज राजविराज
|
मंगलबार, बैशाख २५, २०८१
|
|
४७ पटक हेरिएको
Shares
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह

सारांश

  •     संघको मंगलबार राजविराजमा सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो ।
  • बैठकले बौद्धिक अपाङगता भएकाहरुको जिवन सहज, हकअधिकार, संरक्षण र सम्बद्र्धनका लागि जिल्लाका १८ वटै पालिकालाई समेत आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेट छुट्याउन ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघका अध्यक्ष जगदीश प्रसाद अर्यालले जानकारी दिए ।
  •       बैठकले राजविराज ६ स्थित बहिरा बालक स्कुल परिसरमा अधुरो अवस्थामा रहेको दिवा तथा आवासीय विद्यालय भवन निर्माण कार्यलाई पूर्णता दिनका लागि मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ बैशाख । 

    बौद्धिक अपाङगता अभिभावक संघ सप्तरीले आवश्यक बजेट बिनियोजन गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ । 
    संघको मंगलबार राजविराजमा सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकले बौद्धिक अपाङगता भएकाहरुको जिवन सहज, हकअधिकार, संरक्षण र सम्बद्र्धनका लागि जिल्लाका १८ वटै पालिकालाई समेत आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेट छुट्याउन ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघका अध्यक्ष जगदीश प्रसाद अर्यालले जानकारी दिए । 
    बैठकले राजविराज ६ स्थित बहिरा बालक स्कुल परिसरमा अधुरो अवस्थामा रहेको दिवा तथा आवासीय विद्यालय भवन निर्माण कार्यलाई पूर्णता दिनका लागि मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । 
    यस्तै बैठकले विद्यालय भर्ना भएका बौद्धिक अपाङगता भएका बालबालिकाको शिक्षा र तालिमका लागि संचालनमा ल्याइएको डे–केयर सेन्टरमा आवश्यक जनशक्तिका लागि शिक्षा मन्त्रालय अन्तरगतको विशेष शिक्षा समितिमा प्रस्तावना पेश गरि बजेट बिनियोजनका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव राधाकान्त झाले जानकारी दिए । 
    सप्तरीमा करिब पाँच सयको हाराहारीमा बौद्धिक अपाङगता भएकाहरु रहेको संघले जनाएको छ । अपाङगता भएका व्यक्ति र तिनका अभिभावकहरुद्वारा संचालित संघलाई सबैले सहयोग गर्नुपर्ने बैठकपछि जारि प्रेस विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन