राजविराज÷रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिटीमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
सम्पन्न कुस्ती प्रतियोगितामा नवलपरासीका बाबर पहलवान पहिलो हुँदै ५ तोला चाँदीको तक्मा प्राप्त गरेका छन् भने पर्साका राहुल पहलवान दोस्रा भई ४ तोला चाँदीका तक्मा तथा सिरहा राजगीर यादव पलवान तेस्रो भई ३ तोला चाँदीका तक्मा पाएका छन् ।
सम्पन्न प्रतियोगितामा पहिला हुनेलाई रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवले, दोश्रो हुनेलाई उपप्रमुख बेचनीकुमारी सरदार र तेश्रो हुनेलाई वडा नं. ५ का अध्यक्ष जगदीश दासले तक्मा प्रदान गरेका थिए ।
विवाह पंचमी मेला समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको थियो ।
मधेशमा हराउँदै गरेको कुस्ती खेललाई पुनःजिवित राख्न अहिले सप्तरीको विभिन्न स्थानमा कुनै न कुनै अवसर पारेर भारतीय पहलवानहरुको सहभागितामा गराउने गरिन्छ । हालै मात्र तिलाठी कोइलाडी गाउँपालिका ५ लोनियामा समेत कुस्ती प्रतियोगिता संचालन गरिएको थियो ।
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी
सारांश
- विवाह पंचमी मेला समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको थियो ।
- मधेशमा हराउँदै गरेको कुस्ती खेललाई पुनःजिवित राख्न अहिले सप्तरीको विभिन्न स्थानमा कुनै न कुनै अवसर पारेर भारतीय पहलवानहरुको सहभागितामा गराउने गरिन्छ ।
- हालै मात्र तिलाठी कोइलाडी गाउँपालिका ५ लोनियामा समेत कुस्ती प्रतियोगिता संचालन गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया