दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेको राजविराजस्थित सप्तरी कारागारका ६ कैदीबन्दी र सुरक्षार्थ खटिएका दुई जना प्रहरीमा शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ८ सय ५८ पुगेको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार दिउँसो प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कारागारका निमित्त जेलर संजयकुमार रामले केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताए ।
संक्रमण पुष्टि भएका सबै पुरुष कैदीबन्दी रहेको जानकारी दिँदै निमित्त जेलर रामले उनीहरुलाई कारागार भित्रै छुटै कोठामा राखी उपचार व्यवस्था मिलाएको बताए ।
एक सय २५ जना क्षमता रहेका कारागारमा हाल १५ महिलासहित हाल ३ सय ३३ जना कैदीबन्दी रहेका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले संक्रमित कैदीबन्दीको छुटै व्यबस्थापनका साथै कारागार भित्र रहेका अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको ब
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
सारांश
- गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार दिउँसो प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
- कारागारका निमित्त जेलर संजयकुमार रामले केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताए ।
- संक्रमण पुष्टि भएका सबै पुरुष कैदीबन्दी रहेको जानकारी दिँदै निमित्त जेलर रामले उनीहरुलाई कारागार भित्रै छुटै कोठामा राखी उपचार व्यवस्था मिलाएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया