यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, कार्तिक १७, २०८३
|
|
२४ पटक हेरिएको
Shares
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित

सारांश

  • प्रतियोगिताको उद्घाटन खेलमा सिरहाले आयोजक सप्तरीलाई ९५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित ४० ओभरको खेलमा ३१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७५ रनको योगफल खडा गरेको थियो ।
  • जसमा आकाश यादवले सर्वाधिक ४१ रन, नुमैर अहमदले ३९ रन, मोहम्मद अरमानले २८ रन तथा राजीव साहले १८ रनको योगदान दिए ।
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
सप्तरी क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सोमबारदेखि राजविराजमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सिरहाले आयोजक सप्तरीलाई ९५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित ४० ओभरको खेलमा ३१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७५ रनको योगफल खडा गरेको थियो । जसमा आकाश यादवले सर्वाधिक ४१ रन, नुमैर अहमदले ३९ रन, मोहम्मद अरमानले २८ रन तथा राजीव साहले १८ रनको योगदान दिए । बलिङतर्फ सप्तरीका नितेश यादवले ४, सन्तु मण्डलले ३, अभिमन्यु सरदारले २ र शिव दासले १ विकेट हात पारे ।
एक सय ७६ रनको लक्ष्य पछ्याएको सप्तरीले कमजोर ब्याटिङ प्रदर्शन गर्दै १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । सन्तु मण्डलले १४ र शिव अधिकारीले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिरहाका बलर नुमैर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ४, आनन्द कामती, विक्की राय र आयुष विकले समान २–२ विकेट लिए ।
उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरेका सिरहाका नुमैर अहमद खेलको प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत मंगलबार धनुषा र सप्तरीबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?