दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा सशस्त्र प्रहरीको कल्याणकारी सेवा अन्तर्गत संचालित नेपाल एपिएफ ठाको देवी जोगेन्द्र आवासीय विद्यालयका प्रधानाध्यापक चन्द्र शेखर देवले आफुलाई विद्यालयका समादेशक र जग्गादाताले डर त्रास र फसाउने धम्की दिदै जबरजस्ती राजीनामा गर्न लगाएको आरोप लगाएका छन् ।
राजविराज १३ निवासी देव २०७८ माघ २ देखी सो विद्यालयमा प्रधानाध्यापक पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले ४ दिन अघि फागुन २० गते सो पदबाट राजिनामा दिएका हुन् ।
“सुरक्षाकर्मी राखेर समादेशक डिएसपी दिपक खनालले डर, त्रास र धम्की दिदै जबरजस्ती राजिनामा गर्न बाध्य पारेका हुन्, देवले भने–त्रासपुर्ण अवस्था सृजना गरेपछि राजिनामा लेख्न बाध्य भए ।”
विद्यालयको हरेक गतिवीधीमा निरन्तर हस्तक्षेप तथा अस्तब्यस्त व्यवस्थानबारे प्रश्न उठाउँदा विद्यालयको जग्गादाता जोगेन्द्र भगत समेतको मिलोमतोमा आफुमाथी यस्तो व्यवहार गरिएको उनको भनाई छ ।
संचारकर्मीहरुसँग कुरा गर्दै उनले सुरक्षा दिने स्थलमा आफु असुरक्षित भएको महशुस भएपछि राजिनामा दिएर न्यायका लागी राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएको बताए ।
उनले विद्यालय संचालनको हरेक विषयमा समादेशक र जग्गादाताले अनावश्यक हस्तक्षेप गर्ने गरेको र त्यसबारे प्रश्न उठाउँदा आफुलाई षडयन्त्र गरी राजिनामा गर्न बाध्य बनाइएको बताए ।
विद्यालयको जग्गादाता जोगेन्द्र भगतले भने प्रधानाध्यापक देवले लगाएको आरोप विल्कुलै निराधार रहेको दाबी गरे ।
“पदिय आचरण विपरीतका काम गर्दै आएकाले सहज ढंगले “तपाई राजिनामा दिनुस, भनी मात्र भनिएको हो उनले भने, समादेशक वा अन्य कुनै पनि ब्यक्तीबाट यस्तो दुव्र्यहार र दबाव दिइएको छैन ।”
सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले प्रधानाध्यापक देवमाथी त्यस्तो कुनै किसीमको दुव्र्यवहार नगरिएको भन्दै यो प्रहरी संगठनलाई बदनाम गर्ने प्रयास मात्र भएको बताए ।
“विद्यालय जस्तो ठाउँमा प्रहरीले प्रधानाध्यापक जस्तो व्यक्तीसँग त्यस्तो व्यवहार गर्नै सक्दैन, उनले भने–जिम्मेवार ब्यक्तीबाट गैर जिम्मेवार कुरा प्रचारबाजी गर्नू उपयुक्त होइन ।”
उनले प्रधानाध्यापकको काम अध्यन र अध्यापन चुस्त दुरुस्त बनाई शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा केन्द्रित हुनु पर्नेमा सबै तिर अनावश्यक हस्तक्षेप गरेर प्रधानाध्यापक पदिय मर्यादा विपरीत अघि बढेको जानकारी आफुलाई प्राप्त भएको बताए ।
एपिएफ विद्यालयमा प्रधानाध्यापकको राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
सारांश
- राजविराज १३ निवासी देव २०७८ माघ २ देखी सो विद्यालयमा प्रधानाध्यापक पदको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
- उनले ४ दिन अघि फागुन २० गते सो पदबाट राजिनामा दिएका हुन् ।
- “सुरक्षाकर्मी राखेर समादेशक डिएसपी दिपक खनालले डर, त्रास र धम्की दिदै जबरजस्ती राजिनामा गर्न बाध्य पारेका हुन्, देवले भने–त्रासपुर्ण अवस्था सृजना गरेपछि राजिनामा लेख्न बाध्य भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया