पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु

राजविराज राजविराज
|
बिहिबार, चैत्र १, २०८०
|
|
७० पटक हेरिएको
Shares
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु

सारांश

  •     पशुपंक्षी विकास शाखामार्फत पहिलो चरणमा नगरक्षेत्रका किसानहरुसँग रहेको बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउने काम विहीवारदेखि सुरु गरिएको हो ।
  •       अभियान अन्तर्गत नगरक्षेत्रका पशुपालकसँग रहेको झण्डै ६ हजार बाख्रालाई उक्त खोप लगाउने तयारी भएको नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख परमेश्वर यादवले जानकारी दिए ।
  •       दोश्रो चरणमा गाईवस्तुमा हुने खोरेत रोग विरुद्धको खोप लगाईने तयारी भईरहेको उनले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ चैत ।

    राजविराज नगरपालिकाले पशु चौपायालाई विभिन्न रोगबाट जोगाउन र पशुपालक किसानलाई राहत प्रदान गर्ने उद्देश्यले पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु गरेको छ । 
    पशुपंक्षी विकास शाखामार्फत पहिलो चरणमा नगरक्षेत्रका किसानहरुसँग रहेको बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउने काम विहीवारदेखि सुरु गरिएको हो । 
    अभियान अन्तर्गत नगरक्षेत्रका पशुपालकसँग रहेको झण्डै ६ हजार बाख्रालाई उक्त खोप लगाउने तयारी भएको नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख परमेश्वर यादवले जानकारी दिए । 
    दोश्रो चरणमा गाईवस्तुमा हुने खोरेत रोग विरुद्धको खोप लगाईने तयारी भईरहेको उनले जानकारी दिएका छन् । अभियान अन्तर्गत नगरपालिकाबाट पशुचिकित्सक र प्राविधीकको टोली पुगेर खोप लगाउने तथा पशु रोग विरुद्ध पशुपालकलाई सचेत पार्ने काम पनि सुरु भएको कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताइन । 
    नगरपालिका क्षेत्रका सबै १६ वटै वडामा संचालन हुने यो अभियानले पशु चौपायाको सुरक्षा र पशुपालक किसानको लगानी सुरक्षित हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?