मधेस प्रदेशको लगातार दोस्रो जित

राजविराज राजविराज
|
शनिबार, कार्तिक १९, २०७९
|
|
१०१ पटक हेरिएको
Shares
मधेस प्रदेशको लगातार दोस्रो जित

सारांश

  •     लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए ।
  • यसैगरि कृष्ण कार्कीले ३१, अनिल खरेलले २२, सन्दीप रजालीले २३ रनको योगदान गरेका थिए ।
  • अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।

    काठमाडौं÷लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गर्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोस्रो जित निकालेको छ । 
    शनिबार मुलपानी क्रिकेट मैदानमा प्राप्त दोस्रो जितसँगै मधेसको सेमिफाइनल सम्भावना बलियो बनेको छ । 
    मधेस प्रदेशले प्रस्तुत गरेको दुई सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनमा समेटिएको थियो । 
    लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए । यसैगरि कृष्ण कार्कीले ३१, अनिल खरेलले २२, सन्दीप रजालीले २३ रनको योगदान गरेका थिए । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् । 
    बलिङतर्फ मधेसका राजेश यादव र प्रदिप पासवानले सामान तीन अंक लिए । यसैगरी हरिशंकर शाहले दुई विकेट हात पारे । 
    यस अघि टस हारेर ब्याटिङ गरेका मधेसले तीन खेलाडीको अर्धसतक मद्धतमा ४८.४ ओभरमा सवै विकेट गुमाउँदै दुई सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्कीले ६० बलमा पाँच चौका र तीन छक्का मदतमा ५० रन बनाए । 
    प्लेअर अफ दि म्याच तथा कप्तान हरिशंकर शाहले ९० बलमा ७६ रन बनाए । अनिल शाहले ५० रनको योगदान गरे । मघेसले बलियो सुरुवात गर्दै पहिलो विकेटको लागि एक सय ३० रनको साझेदारी गरेको थियो ।
    लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक तीन विकेट लिए । यसैगरी अनिल खरेलले दुई विकेट हात पारे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको  व्यवस्था मिलाउने ः मिडिया काउन्सील 
सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको  व्यवस्था मिलाउने ः मिडिया काउन्सील 
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु