दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
वडा नं. १ को बरही विरपुर खेलमैदानमा बुधबार आयोजित एक समाहरोबीच सो वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
बालविवाह मुक्त वडा घोषणा गर्न गरिएको विभिन्न कार्यक्रम र अभियानका क्रममा स्पष्ट सूचक प्राप्त भएकाले त्यस कै आधारमा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
उनका अनुसार सो वडामा २ हजार ६ सय पूरुष र २ हजार २ सय ८६ महिला गरि ५ हजार २९ जना जनसंख्या रहेको छ । वडाका विभिन्न समुदायका प्रतिनिधी, अगुवा लगायत स्सँग लामो बहसपछि बालविवाह हुन नदिने प्रतिबद्धता समेत आएको उनको भनाई छ ।
वडाअध्यक्ष ललन प्रसाद यादवले अभिभावकले समेत सन्तानको बालविवाह नगर्ने, नगराउने, कतै भए वहिष्कार गर्ने प्रतिबद्धता जनाएको बताए ।
बालविवाह मुक्त वडा घोषणा लेखिएको ब्यानर गाउँपालिका अध्यक्ष चौधरीले प्रमुख अतिथी पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवलाई हस्तान्तरण गरेपछि ब्यानर बाचन गरेर बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।
बालविवाहले निम्त्याउने स्वास्थ्य, परिवारिक, समाजिक तथा आर्थिक समस्याका बारेमा सचेतना पैmलाएर गरिएको घोषणाले समाजमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा सानै उमेरमा विवाह गर्ने प्रवृति हराएर जाने उनले विश्वास समेत ब्यक्त गरे ।
बालिविवाह मुक्त पालिका बनाउने अभियानमा सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहकार्यमा विभिन्न सचेतना कार्यक्रमहरु अभियान कै रुपमा अघि बढेको गाउँपालिकाले जनाएको छ ।
वडाअध्यक्ष ललन प्रसाद यादवको अध्यक्षतामा आयोजित घोषणा समारोहमा गाउँपालिका उपाध्यक्ष राजु देवी यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरिक्षक गजुसिद्धि बज्रार्चाय, वरखगणका प्रमुख सेनानी रमेश पाण्डे, सेभ द सप्तरीका ध्रुव प्रसाद देव, नरेन्द्र यादव, सेभ द चिल्ड्रेनका दिपक बुढाथोकी लगायतले बालविवाह विरुद्धको अभियानको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
सारांश
- वडा नं.
- १ को बरही विरपुर खेलमैदानमा बुधबार आयोजित एक समाहरोबीच सो वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
- बालविवाह मुक्त वडा घोषणा गर्न गरिएको विभिन्न कार्यक्रम र अभियानका क्रममा स्पष्ट सूचक प्राप्त भएकाले त्यस कै आधारमा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया