दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मुख्य बजारका दुई पसलमा शनिबार मध्यराती चोरी भएको छ ।
नगरपालिकाको वडा नम्बर ५ पातो बजार स्थित माँ डाक्नेश्वरी भगवती मोटरसाइकल वर्कशप र चौधरी कोल्ड एण्ड होटलमा कोही नभएको अवस्थामा मध्यराती चोरी भएको हो । चोरी भएको उक्त पसलहरु इलाका प्रहरी कार्यालय पातोबाट २ सय मिटरको दुरीमा मात्र रहेको छ ।
वर्कशपका संचालक संजिव मण्डलका अनुसार चोरले ढोका फोडेर मोटरसाइकलमा प्रयोग हुने पार्टपुर्जा, केही नगद र मर्मतका लागी ग्राहकले राखेको प्रदेश २–०१–००२ प ९९६६ नम्बरको एउटा स्कुटर सहित ७ लाख बराबरको धनमाल लगेका छन् ।
यस्तै होटलबाट ढोका फुटाएर १ लाख रुपैया बराबरको मदिरा चोरी भएको संचालक मनोज चौधरीले बताए । विहान पख पसल खोल्न आउँदा मात्र चोरी भएको थाहापाएको वर्कशप र होटलका संचालकहरुले बताएका छन ।
होटल संचालक चौधरीका अनुसार चोरी गर्न पुगेकाहरुले शोकेशमा मदिरा र नास्ता देखेपछि त्यही वसेर मस्त खानपिन गरेको पाइएको छ ।
चोरले मदिरा र नास्ता सेवन गरेको टेवलमा वियरका १, ह्स्किीका १, रेडबुलका ३ र टेवल मुनी क्यान वियरका ३ वटा खाली बोतल बरामद भएकाले चोरीमा ३÷४ जनाको संलग्नता रहेको हुन सक्ने उनले अनुमान ब्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय पातो नजिकै रहेको मुख्य बजारमा यसरी चोरी हुदा स्थानीय चकित भएका छन् । प्रहरीे वर्कशपबाट चोरी भएको स्कुटर आईतवार विहान सोही नगरपालिकाको वडा नं. ३ तरही चोक स्थित खेतमा वेवारिसे अवस्थामा फेला पारेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तीहरुको खोजी गर्नूकका साथै यस सम्बन्धमा यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
सारांश
- नगरपालिकाको वडा नम्बर ५ पातो बजार स्थित माँ डाक्नेश्वरी भगवती मोटरसाइकल वर्कशप र चौधरी कोल्ड एण्ड होटलमा कोही नभएको अवस्थामा मध्यराती चोरी भएको हो ।
- चोरी भएको उक्त पसलहरु इलाका प्रहरी कार्यालय पातोबाट २ सय मिटरको दुरीमा मात्र रहेको छ ।
- वर्कशपका संचालक संजिव मण्डलका अनुसार चोरले ढोका फोडेर मोटरसाइकलमा प्रयोग हुने पार्टपुर्जा, केही नगद र मर्मतका लागी ग्राहकले राखेको प्रदेश २–०१–००२ प ९९६६ नम्बरको एउटा स्कुटर सहित ७ लाख बराबरको धनमाल लगेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया