राजविराज÷चाड पर्वलाई लक्षित गरि सप्तरी प्रहरीले २३ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
विशेष सुरक्षा योजनामा सूचना पाएको ५ देखी ७ मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने, प्रमुख चौक र सीमानाकामा निगरानी बढाउने, यात्रु सहायता कक्षको स्थापना गर्ने र पैदल, साइकल, मोटरसाइकलबाट समेत २४ सै घण्टा गस्ती गर्ने लगायतका २३ बुँदे योजना समेटिएको छ ।
प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जिल्ला भर सादा पोशाकमा समेत गरि ६ सय ९० प्रहरी जनशक्ति परिचालन हुने जानकारी दिदै चाडपर्वका समयमा अरु बेला भन्दा बढी भिडभाड र आर्थिक कारोवार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यही अनुसार गर्न आवश्यक भएकाले २३ बुँदे सुरक्षा योजना बनाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकौती हुने, मादक पदार्थको सेवन गरि सवारी चलाउने जस्ता गतिविधी नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेमपु लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए ।
२३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाय टोलीको परिचालन लगायतका योजना समेटिएको उनको भनाई छ ।
जिल्लाको ग्रामिण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूती दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना समेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
सारांश
- जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकौती हुने, मादक पदार्थको सेवन गरि सवारी चलाउने जस्ता गतिविधी नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेमपु लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए ।
- २३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाय टोलीको परिचालन लगायतका योजना समेटिएको उनको भनाई छ ।
- जिल्लाको ग्रामिण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूती दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना समेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया