दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
चिसोले जनजीवन कष्टकर बन्दै गएको बेला राजविराजस्थित एक गैरसरकारी संस्थाले विपन्न तथा असहाय ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील सामुदायिक महिला विकास केन्द्र (स्वेडेक) नामक संस्थाले शुक्रवार राजविराज नगरपालिका वडा नं. ६ सदा वस्तीका ४० जना विपन्न तथा असहाय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो ।
जिल्ला निर्वाचन कार्यालयबाट उक्त वडाको मतदाता सूची झिकाएर स्थलगत जानकारी समेत लिई गरीब तथा असहाय ज्येष्ठ नागरिकलाई प्राथमिक्ताका साथ सिरक वितरण गरिएको संस्थाकी अध्यक्ष मिरा देवले बताइन ।
अत्याधिक चिसोले सर्वाधिक मारमा परेका विपन्न वर्गको सहज जीवनयापनमा थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले सिरक वितरण कार्यक्रम थालिएको र यसलाई केही दिन अझ निरन्तरता दिने उनले बताइन ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख ईसरत परविनले विपन्न, असहाय, ज्येष्ठ नागरिकहरुलाई संस्थाको तर्फबाट सिरक वितरण गरेकी थिइन ।
स्वेडेकका अध्यक्ष मिरा देव तथा निवर्तमान अध्यक्ष समेत रहेका उनका श्रीमान ई. इन्द्र नारायण देवले आफ्नो निजि लगानीमा चार दिन अघि पनि राजविराज १६ का ५० जना ज्येष्ठ नागरिकलाई सिरक बितरण थिए ।
कार्यक्रममा पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव, उपाध्यक्ष अम्बिका दाहाल, इन्सेक प्रतिनिधि मनोहर पोखरेलले लगायतको उपस्थिति रहेको थियो ।
विपन्न असहाय ज्येष्ठ नागरिकलाई सिरक बितरण
सारांश
- सामाजिक क्षेत्रमा क्रियाशील सामुदायिक महिला विकास केन्द्र (स्वेडेक) नामक संस्थाले शुक्रवार राजविराज नगरपालिका वडा नं.
- ६ सदा वस्तीका ४० जना विपन्न तथा असहाय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो ।
- जिल्ला निर्वाचन कार्यालयबाट उक्त वडाको मतदाता सूची झिकाएर स्थलगत जानकारी समेत लिई गरीब तथा असहाय ज्येष्ठ नागरिकलाई प्राथमिक्ताका साथ सिरक वितरण गरिएको संस्थाकी अध्यक्ष मिरा देवले बताइन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया