दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
विगत केही वर्षदेखी राजविराजमा मनाइदै आइरहेको जगन्नाथ रथयात्रा महोत्वसको तयारी पुरा भएको छ ।
यसैक्रममा शुक्रवार सयौं भक्तजनको सहभागितामा कलश यात्रा निकालिएको छ । कलश यात्रामा सहभागी युवा युवती, बृद्ध,बृद्धा तथा बालबालिकाले हरेरामा, हरेकृष्णा, कृष्णा कृष्णा हरे हरे गीतको धुनमा नाँचगाँन गर्दै नगर परिक्रमा गरेका छन ।
श्री लक्ष्मीनारायण राधा कृष्ण मन्दिरको प्राङ्गनबाट सूरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनःसोही ठाउँमा पुगी टुङ्गिएको थियो ।
श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिर राजविराजको समन्वय तथा श्रीकृष्ण भक्त मण्डल र इस्कान राजविराजको संयुक्त आयोजनामा पुष १८ देखी पुष २५ सम्म श्रीमद्भागवत कथा सप्ताह ज्ञानमहायज्ञ तथा पुष २६ गते जगन्नाथ रथयात्रा लगायतका धार्मिक कार्यक्रम गरी महोत्वस मनाउन लागिएको हो ।
सप्ताहब्यापी महोत्वस अन्र्तगत पुष १८ देखी पुष २५ सम्म भारत मथुराका प्रंख्यात कथाब्यास रामानुज दासबाट कथा बाचन कार्यक्रम हुने कार्यक्रम रहेको छ ।
यस्तै पुष २६ गते भब्य जगन्नाथ रथयात्रा निकालिने छ । यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै आपसी सदभाव बढाउने र समाजमा देखिएका विकृती विसंगती न्यूनिकरण गर्न मदत पु¥याउने आयोजकको विश्वास छ ।
जगन्नाथ रथयात्राको तयारी पुरा
सारांश
- यसैक्रममा शुक्रवार सयौं भक्तजनको सहभागितामा कलश यात्रा निकालिएको छ ।
- कलश यात्रामा सहभागी युवा युवती, बृद्ध,बृद्धा तथा बालबालिकाले हरेरामा, हरेकृष्णा, कृष्णा कृष्णा हरे हरे गीतको धुनमा नाँचगाँन गर्दै नगर परिक्रमा गरेका छन ।
- श्री लक्ष्मीनारायण राधा कृष्ण मन्दिरको प्राङ्गनबाट सूरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनःसोही ठाउँमा पुगी टुङ्गिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया