राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 

राजविराज राजविराज
|
बुधबार, मंसिर २०, २०८०
|
|
२० पटक हेरिएको
Shares
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 

सारांश

  •     विगत एक वर्षदेखि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समेत बहन गर्दै आएकी उपप्रमुख इसरत परवीनको नेतृत्वको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा परेको तथा जिम्मेवारी सरेर आएको मुद्दा मध्ये १ सय १७ मुद्दाकोे टुंगो लगाएको हो ।
  •     फछ्र्याैट गरिएका मध्ये सर्वाधिक जग्गा किचलो तथा घरेलु हिंसाको रहेको तथा त्यसपछि महिला हिंसा, लेनदेन, ठगी, शान्ति सुरक्षा, साधसीमाना, कुटपीट, घरायसी लगायतका मुद्दा रहेको न्यायिक समितिकी संयोजक एवं कार्यवाहक नगरप्रमुख परवीनले बताइन् ।
  •       समितिमा जिम्मेवारी सरेर आएको १ सय १७ तथा आ.

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।

    राजविराज नगरपालिकाको न्यायिक समितिले एक वर्षको अवधिमा १ सय १७ वटा मुद्दा फछ्र्यौट गरेको छ । 
    विगत एक वर्षदेखि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समेत बहन गर्दै आएकी उपप्रमुख इसरत परवीनको नेतृत्वको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा परेको तथा जिम्मेवारी सरेर आएको मुद्दा मध्ये १ सय १७ मुद्दाकोे टुंगो लगाएको हो ।
    फछ्र्याैट गरिएका मध्ये सर्वाधिक जग्गा किचलो तथा घरेलु हिंसाको रहेको तथा त्यसपछि महिला हिंसा, लेनदेन, ठगी, शान्ति सुरक्षा, साधसीमाना, कुटपीट, घरायसी लगायतका मुद्दा रहेको न्यायिक समितिकी संयोजक एवं कार्यवाहक नगरप्रमुख परवीनले बताइन् । 
    समितिमा जिम्मेवारी सरेर आएको १ सय १७ तथा आ.ब. २०७९÷८० मा परेको ६६ गरी कुल १ सय ८३ मुद्दा रहेकोमा १ सय १७ मुद्दाको फछ्र्याैट गरिएको, ६ वटा अदालत पठाइएको तथा ६० वटा फछ्र्यौट प्रक्रियामा रहेको न्यायिक समिति मुद्दा फाँटका प्रमुख रामचन्द्र दासले जानकारी दिए । 
    यस्तै चालु आ.ब. २०८०÷८१ को हाल सम्मको अवधीमा न्यायिक समितिमा थप २३ वटा मुद्दा दर्ता भएको छ । आ.ब. २०८०÷०८१ मा सरेर आएको ६० र नयाँ दर्ता भएको २३  गरी कुल ८३ वटा मुद्दा फछ्र्यौट प्रक्रियामा लगीसकेको समेत उनले जानकारी दिए । 
    समितीमा परेको अधिकाँश मुद्दा स्थलगत रुपमा गएर तथा पक्ष विपक्षलाइ कार्यालयमा बोलाएर पनि छलफलको माध्यमबाट छिनोफानो गरिएको कार्यवाहक नगरप्रमुख एवं न्यायिक समितीका संयोजक परवीनको भनाई छ । 
    आफ्नो प्रयासबाट निरुपण नभएका ६ वटा मुद्दा अदालत पठाइएको उनले जानकारी दिदै कतिपय ऐन कानुनका नजानेका कुरा नगरपालिका कै कानुन व्यवसायीसंगै सल्लाह लिने गरेपछि मुद्दा टुंग्याउन सजिलो भएको बताइन । 
    उनकै संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीमा नगरपालिकाको वोर्डले मनोनित गरेको वडाध्यक्षबाट उदित नारायण यादव र वडा सदस्यबाट जीवछी देवी मंडल सदस्य छन् । यस्तै समितिको न्याय सम्पादन कार्यमा वरिष्ठ अधिवक्ता शिव कुमार चौधरी र रमेश साफीले सघाउने गरेको उनले बताइन् ।
    नगरप्रमुख भीमराज यादव माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक निर्माण कार्यमा आर्थिक अनियमितता गरेको आरोपमा विषेश अदालतमा आरोपपत्र दायर गरेपछि उनी हाल निलम्बित अवस्थामा छन् । जसकारण उपप्रमुख परवीनको मुख्य जिम्मेवारीमा रहेको न्यायिक समिति संगै कार्यवाहक नगर प्रमुखको जिम्मेवारी समेत थपिएको छ । दुबै जिम्मेवारीलाई आफ्नो क्षमताले भ्याए सम्म पुरा गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिता जगतप्रति असहिष्णुता किन ?
पत्रकारिता जगतप्रति असहिष्णुता किन ?
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव