राजविराज÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै गएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस सप्तरीद्धारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले यसको पुष्टि गरेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर ठुलो सफलता मिल्ने संकेतहरु पनि देखिन थालेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रजातन्त्र ल्याउनेदेखि संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाको लागि फेरि जनताले काँगे्रसमाथिनै आशा र भरोसा गरेको बताउँदै जनताले पार्टीप्रति देखाएको उत्साहलाई कायम राख्न नेता÷कार्यकर्ता गाउँ गाउँमा पुगेर जनताको मन जित्ने र संगठन निर्माणमा लाग्ने बेला आएको उल्लेख गरे ।
गठबन्धन दलभित्र सिट बाँडफाँडको विषयमा कुराकानी चलिरहेको बताउँदै उनले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरे ।
जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव, संघीय सांसद तेजुलाल चौधरी लगायतले पनि सम्बोधन गर्दै आगामी चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एक ढिक्का भई जनतामा जानुपर्नेमा जोड दिए ।
काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै छ ः नेता ढुङ्गाना
सारांश
- कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रजातन्त्र ल्याउनेदेखि संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाको लागि फेरि जनताले काँगे्रसमाथिनै आशा र भरोसा गरेको बताउँदै जनताले पार्टीप्रति देखाएको उत्साहलाई कायम राख्न नेता÷कार्यकर्ता गाउँ गाउँमा पुगेर जनताको मन जित्ने र संगठन निर्माणमा लाग्ने बेला आएको उल्लेख गरे ।
- गठबन्धन दलभित्र सिट बाँडफाँडको विषयमा कुराकानी चलिरहेको बताउँदै उनले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरे ।
- जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव, संघीय सांसद तेजुलाल चौधरी लगायतले पनि सम्बोधन गर्दै आगामी चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एक ढिक्का भई जनतामा जानुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया