दैनिक समाचारदाता
राजविराज, १५ असार ।
नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सोमबार नेपाली काँग्रेस सप्तरीले राजविराजमा प्रदर्शन गरेको छ ।
नाचगानसहित राजविराजस्थित पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसमा प्रधानमन्त्रीसमेतको बिरोध गरिएको थियो । सो प्रदर्शनका क्रममा सहभागिहरुले “केपी तिम्रो पाराले दुःख पायो साराले” भन्ने नारालाई गितको स्वरुप दिई नाचगानका साथ नागरिकता संशोधन विधेयक र प्रधानमन्त्री बिरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनका गर्दै सहभागिहरुले वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, लकडाउन अवधीको कर र बैंक ब्याज मिनाह गर, अस्तव्यस्त क्वारेन्टाइनलाई व्यवस्थित गर लगायतका नाराबाजी गरेका थिए ।
बिरोध प्रदर्शनपछि जनआन्दोलन चौकमा आयोजित कोणसभामा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, युवा नेता ध्रुव देव, अर्जुन साह, इर्साद अन्सारी, नेवि संघका सभापति घनानन्द यादव, नेपाल शिक्षक संघका अध्यक्ष शैलेन्द्र मण्डललगायतले बोल्दै नागरिकता संशोधन सम्बन्धी विधेयक खारेज नगरिए आन्दोलन चर्काउने चेतावनी दिए ।
नाचगान गर्दै सरकारबिरुद्ध प्रदर्शन
सारांश
- नाचगानसहित राजविराजस्थित पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसमा प्रधानमन्त्रीसमेतको बिरोध गरिएको थियो ।
- सो प्रदर्शनका क्रममा सहभागिहरुले “केपी तिम्रो पाराले दुःख पायो साराले” भन्ने नारालाई गितको स्वरुप दिई नाचगानका साथ नागरिकता संशोधन विधेयक र प्रधानमन्त्री बिरुद्ध प्रदर्शन गरेको हो ।
- प्रदर्शनका गर्दै सहभागिहरुले वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, लकडाउन अवधीको कर र बैंक ब्याज मिनाह गर, अस्तव्यस्त क्वारेन्टाइनलाई व्यवस्थित गर लगायतका नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया