विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 

राजविराज राजविराज
|
मंगलबार, माघ १३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 

सारांश

  •     कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले समाजिक उत्तरदायित्व अन्तर्गत १८२ जना विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण गरेको हो ।
  •     कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाखाप्रमुख सूर्य नारायण मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै, कामना सेवा विकास बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गरिराख्ने प्रतिबद्धता जनाए ।
  •       छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष राजु देवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह, तथा विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारी, शिक्षा अधिकृत बिरेन्द्र कुसियैत, क्षेत्रीय कर्मचारी दुर्गा ध्वज अधिकारी, शाखा कर्मचारीहरु रतन प्रसाद यादव र उमाकान्त देव सहितकाले झोला र स्टेशनरी वितरण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित राष्ट्रिय प्राथमिक विद्यालय कोचाबखरीमा विपन्न विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकाबीच झोला तथा स्टेशनरी वितरण गरिएको छ ।
    कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले समाजिक उत्तरदायित्व अन्तर्गत १८२ जना विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण गरेको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाखाप्रमुख सूर्य नारायण मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै, कामना सेवा विकास बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गरिराख्ने प्रतिबद्धता जनाए । 
    छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष राजु देवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह, तथा विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारी, शिक्षा अधिकृत बिरेन्द्र कुसियैत, क्षेत्रीय कर्मचारी दुर्गा ध्वज अधिकारी, शाखा कर्मचारीहरु रतन प्रसाद यादव र उमाकान्त देव सहितकाले झोला र स्टेशनरी वितरण गरेका थिए । 
    विद्यालय परिवार तथा स्थानीय समुदायले बैंकको यस सामाजिक पहलप्रति धन्यवाद दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?