दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीको कठौना–पातो सडकको कुशाहा खण्डमा स्थानीयले सडकमै खाट र ढाट लगाएर आवागमन ठप्प पारेका छन् ।
जीर्ण सडक मर्मतको माग गर्दै विगत दुई दिनदेखि उक्त मार्गको ठाउँ ठाउँमा भएको खाल्डा खुल्टी भर्ने तथा कालोपत्रे गर्ने कार्यमा ढिलाई भइरहेको भन्दै स्थानीयले सरकारको ध्यानकर्षण गराएका छन् ।
सडकमै खाट र ढाट लगाएर आवागमन ठप्प पारेकाले उक्त मार्गबाट सवारी साधन नचल्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् ।
शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा आसपासका पालिकाको वासिन्दाका एक मात्र विकल्पको रुपमा रहेको सो मार्गमा विगत १०–१२ वर्षदेखि सडक निर्माणाधीन अवस्थामा छ ।
पातोदेखि कठौनासम्मको करीब १८ किलोमिटर लामो सडकको कतिपय स्थानमा अझै कालोपत्रे नभई सडक जीर्ण छ । जसकारण दुर्घटनाको जोखिमसँगै त्यस भेगका जनताका लागि वर्षोदेखि हिलो र धुलो नियती जस्तै बनिसकेको छ ।
यसअघि पनि पटक पटक आन्दोलन गर्दा सम्बन्धित निकायका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्रतिनिधिले बाँकी रहेका सडक खण्डको कालोपत्रे अबिलम्ब शुरु गर्ने आश्वासन दिएपनि त्यो आश्वासन व्यवहारमा भने लागु हुन नसकेको स्थानीयको गुनासो छ ।
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
सारांश
- जीर्ण सडक मर्मतको माग गर्दै विगत दुई दिनदेखि उक्त मार्गको ठाउँ ठाउँमा भएको खाल्डा खुल्टी भर्ने तथा कालोपत्रे गर्ने कार्यमा ढिलाई भइरहेको भन्दै स्थानीयले सरकारको ध्यानकर्षण गराएका छन् ।
- सडकमै खाट र ढाट लगाएर आवागमन ठप्प पारेकाले उक्त मार्गबाट सवारी साधन नचल्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् ।
- शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका तथा आसपासका पालिकाको वासिन्दाका एक मात्र विकल्पको रुपमा रहेको सो मार्गमा विगत १०–१२ वर्षदेखि सडक निर्माणाधीन अवस्थामा छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया