राजविराज÷सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा अगामी सोमबारबाट सुरु हुने प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
हिरोज स्पोर्टिङ्ग क्लव सप्तरीको आयोजनामा मंसिर १७ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको फाइनल खेलमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत आउने आयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सो प्रतियोगितामा प्रदेश २ का ८ जिल्लाका क्लबहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विजय चौधरीले जानकारी दिए ।
यसैबीच प्रतियोगिताका लागि खेल मैदान मिलाउने, गोल पोष्ट निर्माण, खेलको लागि मैदान निमार्णका कार्य सम्पन्न भइसकेको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख तथा द्वितीयलाई ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।
दुई दशकदेखी बरमझिया खेल मैदानमा प्रत्येक वर्ष जिल्लास्तरमा प्रतियोगिता हुने भएपनि यस पटक प्रदेशस्तरीय खेल हुन गइरहेको छ ।
क्लबले स्थानीय तह, व्यापारी, समाजसेवी, राजनीतिज्ञ व्यक्तिहरुबाट रकम संकलन गरेर कुल आठ लाख रुपैयाँको लागतमा प्रतियोगिता आयोजना हुन गइरहेको छ । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा कञ्चनरुपबाट प्रकाशित अवलोकित दैनिक र कञ्चनरुप साप्ताहिक रहने अध्यक्ष चौधरीले बताए ।
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने
सारांश
- सो प्रतियोगितामा प्रदेश २ का ८ जिल्लाका क्लबहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विजय चौधरीले जानकारी दिए ।
- यसैबीच प्रतियोगिताका लागि खेल मैदान मिलाउने, गोल पोष्ट निर्माण, खेलको लागि मैदान निमार्णका कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
- प्रतियोगितामा प्रथम हुनेलाई एक लाख तथा द्वितीयलाई ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया