दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।
मंगलवार राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमार्फत सो चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन भनिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अगुवाईमा निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीलाई बु्झाइएको ज्ञापन पत्रमा पार्टीले उठाउँदै आएको किसानको समस्या समाधानको ठोस पहल हुनु पर्ने, निर्वाचनका पदाधीकारी र कर्मचारी कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन काममा खटिनु पर्ने, परिचय पत्र हराएका वा नष्ट भएका मतदातालाई नयाँ परिचय पत्र बनाउनु पर्ने र नागरिकताको आधारमा पनि मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै निर्वाचन आयोगमा दर्ता रहेका र चुनाव चिन्ह पाईसकेका दलहरुलाई अगामी स्थानीय तहको निर्वाचनमा देशभरी सोही चुनाव चिन्हको आधारमा निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नू पर्न लगायतका माग अघि सारिएको पार्टीका सप्तरी सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
ज्ञापन पत्र बुझाउन अघि जनमत पार्टी नेता कार्यकर्ताले सदरमुकाम राजविराजमा किसानसंग सम्बन्धित मागहरु अविलम्व पुरा गर्न माग गर्दै प्रर्दशन समेत गरेका थिए ।
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
सारांश
- मंगलवार राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमार्फत सो चेतावनी दिएको हो ।
- जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन भनिएको छ ।
- पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अगुवाईमा निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीलाई बु्झाइएको ज्ञापन पत्रमा पार्टीले उठाउँदै आएको किसानको समस्या समाधानको ठोस पहल हुनु पर्ने, निर्वाचनका पदाधीकारी र कर्मचारी कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन काममा खटिनु पर्ने, परिचय पत्र हराएका वा नष्ट भएका मतदातालाई नयाँ परिचय पत्र बनाउनु पर्ने र नागरिकताको आधारमा पनि मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया