सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएका तर फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरेको हो ।
  • बलान बिहुल गाउँपालिका ५ का मिथुन भन्ने चन्द्रकान्त यादवलाई नकवजनी चोरी मुद्दामा पाँच हजार रुपियाँ जरिवाना भएको थियो ।
  • सोही ठाउँका मुकेशकुमार यादवलाई सवारी ज्यान मुद्दामा दुई हजार रुपियाँ जरिवाना तोकिएको थियो ।
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरी प्रहरीले जिल्लाको एक पालिकाबाट १३ सहित १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिकाबाट १३ जना र डाक्नेश्वरी नगरपालिकाबाट तीन जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएका तर फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरेको हो ।
बलान बिहुल गाउँपालिका ५ का मिथुन भन्ने चन्द्रकान्त यादवलाई नकवजनी चोरी मुद्दामा पाँच हजार रुपियाँ जरिवाना भएको थियो । सोही ठाउँका मुकेशकुमार यादवलाई सवारी ज्यान मुद्दामा दुई हजार रुपियाँ जरिवाना तोकिएको थियो ।
यस्तै, कुटपिट मुद्दामा पनि सोही ठाउँकै संजिवकुमार यादव, राजकुमार यादव, रामचन्द्र यादव, विन्देश्वर यादव, भुपनारायण यादव, अशोककुमार यादव, शिवराम यादव, प्रदीप यादव, चन्देश्वर यादव, अजितकुमार यादव र देवनारायण यादवलाई जनही तीन हजार रुपैयाँका दरले जरिवाना भएको थियो ।
त्यसैगरी, कुटपिट मुद्दामा डाक्नेश्वरी नगरपालिका ४ का विनोदकुमार यादवलाई पाँच हजार रुपैयाँ तथा वडा नम्बर ३ का आरतीदेवी मुखिया र सुन्दरलाल मुखियालाई जनही पाँच सय रुपियाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए । उनका अनुसार पक्राउ परेका १६ जनाबाट अदालतले तोकेको कुल ४६ हजार रुपियाँ जरिवाना असुल हुने छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने