दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
यही असोजे ९ गते घोषणा गरिएको हुंकार मधेशका विभागीय प्रमुखहरूको जिम्मेवारी तोकिएको छ । पहिलो चरणमा २१ वटा विभागीय प्रमुखहरूको जिम्मेवारी तोकिएको प्रवक्ता केशवकुमार झाले जानकारी दिएका छन् ।
हुंकार मधेशले विभागिय प्रमुखका लागि कम्तीमा स्नातक तह उतीर्ण र विषयविज्ञ हुनुपर्ने प्रावधान राखेको थियो । सोही अनुरूप सबै योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिइएको प्रवक्ता झाले बताए ।
यसरी जिम्मेवारी तोकिएकाहरुमा संवाद तथा समन्वय विभाग रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभाग केशव कुमार झा, संगठन विभाग कौशलेन्द्र कौशल, कानुन तथा न्याय विभाग रत्नेश्वर सनातनी, आईटी तथा कार्यमूल्यांकन विभाग रोशन कुमार, बौद्धिक तथा पेसाकर्मी विभाग डा. एनएन. भारद्वाज, आर्थिक विभाग सचिदानन्द यादव, अनुशासन विभाग राजाराम यादव, प्रशिक्षण तथा नीति अनुसन्धान विभाग मनोहर मानव, सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग कृष्ण कुमार, स्वंयसेवी सुरक्षा दस्ता विभाग उमेश सिंह, युवा तथा विद्यार्थी विभाग पंकज आनन्द, वैदेशिक रोजगार विभाग मनिष कुमार, सूचना तथा सञ्चार विभाग पुष्पा प्रिया, संघीय मामिला विभाग मधुमाया यादव, शिक्षा तथा संस्कृति विभाग इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहिन समस्या समाधान विभाग अंगद यादव, कृषि विकास तथा अनुसन्धान विभाग रामकिशुन नायक, विज्ञान तथा प्रविधि विभाग प्रो. विजय महासेठ र शहीद तथा घाइते व्यवस्थापन विभाग मो. युसुफ साफी छन् ।
उनीहरूलाई सातदिन भित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका बनाएर पेश गर्न भनिएको छ । हुंकार मधेशले दशैंलगतै झापादेखि कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सुरु गर्ने कार्यक्रम यसअघि नै तय गरेको थियो ।
प्रतिक्रिया
० प्रतिक्रिया