दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरीको बिषणुपुर गाउँपालिका वडा नं १ अन्तरगत हुलाकी सडकखण्डमा शनिबार स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् ।
प्रहरीका अनुसार राजबिराजबाट पत्थरगाढातर्फ जादै गरेको स.१च.११६९ न.को स्कारपिओ गाडीले पैदल यात्रीद्वय वडा नं. १ जमुनी मधेपुरा निवासी ६० वर्षिय हरिनारायण यादव र ५४ वर्षिय तिर्थ नारायण दासलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका दुबै जनालाई राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । घाइते यादवको अवस्था गम्भिर रहेकोले उनलाई थपउपचारका लागि बिराट नर्सिङ अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
यता दासको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको र ठक्कर दिने स्कारपियोलाई नियन्त्रणमा लिइएको छ । दुर्घटना पश्चात् फरार भएका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया