विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, आश्विन २५, २०८३
|
|
१४ पटक हेरिएको
Shares
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 

सारांश

  • जिल्ला हुलाक कार्यालय सप्तरीले हुलाक दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ, दीपावली, शुभकामना आदानप्रदान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गरि मनाएको छ ।
  • उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै हुलाक कार्यालयमा कार्यरत खरिदार शैलेन्द्रकुमार झा, विनोदकुमार साह, प्रतिभा घिमिरे तथा हल्कारा मुँगालाल यादव र शोभितलाल खंग गरी पाँच जना कर्मचारीलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालय सप्तरीका कार्यालय प्रमुख पुरुषोत्तम साहले जानकारी दिए ।
  • जिल्ला हुलाक कार्यालय सप्तरीको मातहतमा रहेका १७ वटा पालिका हुलाक कार्यालयमा समेत विभिन्न कार्यक्रम आयोजना गरी विश्व हुलाक दिवस मनाइएको छ ।
दैनिक समाचारदाता
राजविराज, २५ असोज । 
‘एक हुलाक सञ्जाल, अनगिन्ती सम्भावनाहरू’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरि शनिबार १५२औं विश्व हुलाक दिवस मनाइएको छ ।
जिल्ला हुलाक कार्यालय सप्तरीले हुलाक दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ, दीपावली, शुभकामना आदानप्रदान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गरि मनाएको छ ।
उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै हुलाक कार्यालयमा कार्यरत खरिदार शैलेन्द्रकुमार झा, विनोदकुमार साह, प्रतिभा घिमिरे तथा हल्कारा मुँगालाल यादव र शोभितलाल खंग गरी पाँच जना कर्मचारीलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालय सप्तरीका कार्यालय प्रमुख पुरुषोत्तम साहले जानकारी दिए ।
जिल्ला हुलाक कार्यालय सप्तरीको मातहतमा रहेका १७ वटा पालिका हुलाक कार्यालयमा समेत विभिन्न कार्यक्रम आयोजना गरी विश्व हुलाक दिवस मनाइएको छ ।
सूचना तथा सञ्चार प्रविधिको विकाससँगै हुलाकले हुलाक टिकट, सरकारी कागजात, चिठीपत्र, पार्सल, राहदानी र लाइसेन्स बितरण, मालपोत, स्वास्थ्य विमाका आवश्यक कागजात, पत्रपत्रिका दर्ता तथा नविकरण, विद्युतीय माध्यम तथा पत्रपत्रिकाको लोककल्याणकारि विज्ञापन प्रसारण प्रकाशनको भुक्तानी लगायतका सेवाहरु प्रदान गर्दै आइहरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?