मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह

सारांश

  •     दुई दिन अघि “पब्लिक खबर २४” नामको फेसबुक पेजमा डा.
  • साह र एक यूवतीबीचको फोन सम्वादको अडियो सार्वजनिक गरिएपछि शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो गुनासो पोखेका हुन ।
  •       आफ्नो सरुवा र थमौती प्रकरणलाई प्रभावित बनाउन र चरित्र हत्या गर्ने मनसायका साथ यसरी हुदै नभएको सम्वाद अडियो मार्फत सार्वजनिक गरिएको उनको दाबी छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।

    राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश साहले आफुसँग जोडेर चरित्र हत्या र भ्रम पैmलाउने प्रयास भएको गुनासो पोखेका छन । 
    दुई दिन अघि “पब्लिक खबर २४” नामको फेसबुक पेजमा डा.साह र एक यूवतीबीचको फोन सम्वादको अडियो सार्वजनिक गरिएपछि शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो गुनासो पोखेका हुन । 
    आफ्नो सरुवा र थमौती प्रकरणलाई प्रभावित बनाउन र चरित्र हत्या गर्ने मनसायका साथ यसरी हुदै नभएको सम्वाद अडियो मार्फत सार्वजनिक गरिएको उनको दाबी छ । 
    “मंगलवार मेरो सरुवा भयो भोली पल्टै बुधवार थमौती भो”, उनले भने–“सोही राती पब्लिक खबर २४ नामको फेसबुक पेजबाट मलाई बदनाम गर्ने गरी मेरो नाम र पद जोडेर एउटा युवती संग असोभनीय सम्वाद भएको भनी झुठो अडियो सार्वजनिक भयो, यो सबै म विरुद्ध सुनियोजित षडयन्त्र हो ।”
    आप्mनो थमौती भएको थाहा भएपछी मेसुका आकांक्षी अर्का एक डाक्टरको उक्साहटमा “पब्लिक खबर २४” का संचालक आदित्य अजय भनिने आदित्य मण्डलको मिलिभगतमा यस्तो प्रयास भएको दाबीका साथ उनले उक्त प्रकरणको सत्यतथ्य छानवीन गरी दोषी माथी कडा कारवाहीको माग समेत गरेका छन । 
    मेरो चरित्र हत्या गर्ने उद्देश्यले सम्प्रेषित उक्त साम्रगी तथ्यहिन रहेको दाबीका साथ उनले आफुले कहिल्यै कुनै युवतीसंग यस किसीमको असोभनिय वार्तालाप नगरेको स्पष्ट पारेका छन । 
    उनले आफुलाई बदनाम गर्ने गरी भ्रमपुर्ण अडियो तयार गरी सार्वजनिक गर्नेहरुलाइ कानुनी दायरामा ल्याउन न्यायका लागी संचारकर्मी हुदै स्थानीय प्रशासन र अदालत सम्म पुग्ने जनाएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?